कपिलवस्तु- बुद्धभूमि नगरपालिका-५ प्रेमनगरस्थित बिबिएस इँटाभट्टामा काम गर्ने कैलाली जोशिपुर गाउँपालिका-१ पिपरकोटी घर भएका प्रबिन कुमार दंगौडाकी डेढ वर्षीया छोरी आकृती दंगौडाको डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
खेल्ने क्रममा सोही इँटाभट्टा नजिक पानी जम्मा गर्ने खाडलमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।