• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

चीनले किन खन्दैछ पृथ्वीको ११ हजार मिटर गहिराइमा?


    Avatar photo
शनिबार, जेठ २७, २०८० मा प्रकाशित

बेइजिङ- पृथ्वीको गहिराइमा के हुँदैछ ? यसको जानकारी पाउन वैज्ञानिकहरूसँग विभिन्‍न तरिका छन्। भूमिगत यात्रा गर्ने भूकम्पीय तरंगको मापन पनि तीमध्येको एक तरिका हो।

Advertisement

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्हवाका अनुसार उत्तर-पश्‍चिम चीनस्थित तकलामाकन मरुभूमिमा भने पृथ्वीको गर्भमा भइरहेको गतिविधि जानकारी पाउन ११ हजार १०० मिटर गहिराइसम्म खन्‍न शुरु गरिएको छ। त्यो भनेको ३३ भन्दा बढी आइफेल टावरको उचाइ बराबर हो।

तथापि, धर्तिको गर्भमा भइरहेको गतिविधि थाहा पाउन मानिसले यति गहिराइमा खनेको पहिलोपटक होइन। यसअघि रुसमा १२ हजार २६२ मिटरसम्म खनिएको थियो। कोला सुपरडिप खाल्डो नाम दिइएको यस उत्खननलाई अहिले भने छाडिएको छ। यस्तै, कतारको अल शाहिन आयल फिल्डमा पनि यसअघि १२ हजार २९० मिटर गहिराइसम्म खनिएको थियो।

पछिल्लो खननबाट भूविज्ञानको हालसम्मको बुझाइमा काफी सुधार हुने चिनियाँ वैज्ञानिकहरूको आशा देखिन्छ। यसक्रममा तेल र ग्यास भण्डारको खोजी पनि गर्न सकिने उनीहरूको भनाइ छ।

चीनमा भइरहेको यो खननबारे धेरै कुरा सार्वजनिक गरिएको छैन। के प्राप्त गर्न खन्‍न शुरु गरिएको हो भन्‍ने पनि स्पष्ट छैन। महाद्विपीय क्रस्ट करिब ३० किलोमिटरसम्मको औसत गहिराइसम्म जाने हालसम्मको बुझाइ छ। चीनको पछिल्लो यो प्रयास त्यति गहिराइसम्म भने जाने छैन।

वर्षदिनभन्दा ज्यादा लाग्‍ने यो खननका लागि २०० टनका उपकरणहरू प्रयोग गरिएको छ। त्यसमा ड्रिल बिट र ड्रिल पाइप पनि छन्। धर्तिको गहिराइमा खन्‍न कति कठिन छ भन्‍ने कोला सुपरडिपलाई हेरे पुग्छ। सन् १९७० मा शुरु भएको उक्त परियोजना १९९४ सम्म चलेको थियो। र, यान्त्रिक विफलताका कारण बन्द भएको थियो।

तथापि, त्यो खनन उपयोगी सावित भएको थियो। वैज्ञानिकहरूले धर्तिको गहिराइमा कति पानी भन्‍ने त्यसअघिको बुझाइ परिवर्तन भएको थियो। किनकि, जति मात्रामा पानी र हाइड्रोजन पाइयो, त्यसअघिको बुझाइभन्दा कैयौं गुणा अधिक थियो। ६ हजार मिटरको गहिराइसम्म सूक्ष्म प्ल्यांकटन जीवाश्म भेटिएका थिए।

‘चाइनिज एकेडेमी अफ इन्जिनियरिङ’का वैज्ञानिक सन जिनसेङले सिन्हवासँग भने, ‘ड्रिलिङ प्रोजेक्टको निर्माण कठिनाइको तुलनामा दुई पातला स्टिलका तारमाथि चल्ने ठूला ट्रकबाट गर्न सकिन्छ।’

गहिराइमा जाने उपकरणहरूलाई २०० डिग्री सेल्सियससम्मको तापमान सामना गर्नुपर्छ। र, वायुमण्डलीय दबाब सतहमा १ हजार ३०० गुणा अधिक हुन्छ। करिब ४५० दिनमा यो परियोजना समाप्त हुने अपेक्षा छ। धर्तिको गर्भमा १४ करोड ५० लाख वर्षअघि बनेका चट्टान हुँदै यो खनन अगाडि बढ्ने छ।

साइन्स अलर्टबाट

शनिबार, जेठ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.