मेष- नयाँ ज्ञान मिल्नेछ। विशिष्ट व्यक्तित्वको आशीर्वाद प्राप्त होला। आकस्मिक धनलाभ हुन सक्छ। व्यावसायिक काममा चुनौती देखा पर्ला।
वृष- अधुरा काम फटाफट सम्पादन हुनेछन्। वादविवादको योग रहेकाले बोल्दा तौलिएर मात्र बोल्नु होला। आजको दिन बौद्धिक विमर्शको योग छ।
मिथुन- टाढाको लाभदायक यात्रामा निस्किनु उत्तम हुनेछ। सामाजिक दायित्व बढ्ने छन्। प्रतिस्पर्धीसँग विजयश्री प्राप्त होला।
कर्कट- उद्यम, व्यापारले राम्रो प्रतिफल दिने छन्। विशिष्ट व्यक्तित्वसँग सम्बन्ध कसिलो बन्ने छ। आर्थिक पाटो सबल रहने छ।
सिंह- उद्यम, व्यापारमा ठोस प्रगति हासिल हुनेछ। रमणीय यात्राको योग पनि छ। आफ्ना दीर्घकालीन लाभका योजनाहरू गोप्य राखेर अगाडि बढ्नु उत्तम हुनेछ।
कन्या- अध्ययन, अध्यापन सफल रहने छ। स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खानपानमा ध्यान दिनु होला। आजको दिन पाहुनाले सताउन सक्छन्।
तुला- आजको दिन मनोरञ्जनपूर्ण रहने छ। प्रणय सुख प्राप्त हुनेछ। अध्ययन, अध्यापनमा प्रगति हुनेछ। स-साना कामले अल्झाउन सक्छन्।
वृश्चिक- आर्थिक पाटो सबल रहने छ। न्यायिक गतिविधिमा विजयश्री मिल्नेछ। मनमा द्विविधा उत्पन्न हुन सक्छ। नजिकको रमणीय यात्रा हुन सक्छ।
धनु- दुर्गमको रमणीय यात्रामा निस्किनुपर्ने हुन सक्छ। दिन मनोरञ्जनात्मक क्रियाकलापमा बित्नेछ। दाम्पत्य जीवनमा भने खटपट हुन सक्छ।
मकर- आजको दिन भावनात्मक प्रकारको छ। आकस्मिक धनलाभ हुन सक्छ। परिणाम दिने काममा लगानी रहला। बोल्दा विचार पुर्याउनु होला।
कुम्भ- परिवारमा प्रतिकुल वातावरण बन्न सक्छ। तथापि, उत्साह र उमंगको कमी हुने छैन। व्यापार, व्यवसायले सोचेजस्तै लाभ देलान्। प्रतिस्पर्धीसँग भने विजयश्री मिल्ला।
मीन- विपरीत लिंगीसँग आत्मीय सम्बन्ध बन्न सक्छ। जीवन साथीको सहयोगमा महत्त्वपूर्ण काम सम्पादन हुन सक्छ। बौद्धिक व्यक्तित्व निखारिने छ।