• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

विवादबीच ग्रामीण पत्रकार समूहमा नयाँ नेतृत्व


बिहिबार, जेठ १८, २०८० मा प्रकाशित

सुनसरी- ग्रामीण पत्रकार समूह विवादका बीच ६ महिनापछि निर्वाचन समितिले सर्वसम्मतिबाट पदाधिकारी चयन गर्ने प्रयास गरे पनि विवादरहित बन्न सकेन।

Advertisement

गत २४ मंसिरमा समूहको चौथो साधारण सभा सम्पन्न भएपछि नयाँ कार्यसमितिमा अध्यक्ष पदमा ४ जना आकांक्षीको दाबी भएपछि एकअर्कामा सहमति जुट्न नसक्दा निर्वाचन हुन सकेको थिएन।

अध्यक्ष पदका लागि संस्थाका संस्थापक अध्यक्ष बाबुराम कार्की र दीपक पुरी प्रेस युनियन आबद्ध हुन् भने कृष्णकुमार श्रेष्ठ (अर्जुन) प्रेस चौतारीबाट एक्ला प्रतिस्पर्धी र निवर्तमान अध्यक्ष हिरण्य कार्कीको अध्यक्ष पदमा उम्मेदवारी दाबी थियो।

निर्वाचन सम्पन्न गर्न र गराउन भीषण राईको संयोजकत्वमा नवराज विष्ट र छबिना मगरसहितको ३ सदस्यीय निर्वाचन समिति गठन भएको थियो।

अध्यक्षका आकांक्षी हिरण्य कार्की, अर्जुन श्रेष्ठ र दीपक पुरीले निर्वाचन समितिले निर्वाचनको विषयमा चासो, तयारी र प्रकृया अघि नबढाएको आरोप लगाउँदै उनीहरूले संयुक्त रूपमा विज्ञप्ति समेत निकालिसकेका छन्।

उक्त विज्ञप्तिलाई समर्थन गर्दै प्रेस युनियन र प्रेस चौतारीका बराहक्षेत्र संयोजक संगम बिष्ट र लक्ष्मण कटुवालले संयुक्त रूपमा हस्ताक्षर गर्दै निर्वाचन तोकिएकै समयमा गराउन माग गरेका थिए।

गत वर्ष मंसिरदेखि ग्रामीण पत्रकार समूह पदाधिकारीविहीन र निष्क्रियजस्तै भएको थियो।

१७ जेठ बुधबार निर्वाचन समितिले हिरण्य कार्की अध्यक्ष, कृष्णकुमार श्रेष्ठ (अर्जुन) उपाध्यक्ष, सुविन विश्वकर्मा सचिव, सुधन गुरागाईं सहसचिव, गंगा भट्टराई कोषाध्यक्ष तथा सदस्यमा राजन घिमिरे र सृजना थापाको कार्यसमिति घोषणा गरेको छ।

अध्यक्षका अन्य दाबेदारहरूले निवर्तमान अध्यक्ष हिरण्य कार्कीलाई सर्वसम्मति दिएपछि पुनः उनी दोस्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन्।

निर्वाचन समितिको घोषणालाई कार्यसमितिमा सहसचिव बनाइएका सुधन गुरागाईंले इच्छाविपरीत जबर्जस्ती राखिएकामा आपत्ति जनाउँदै कार्यसमितिमा नरहेको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन्।

प्रेस चौतारीका बराहक्षेत्र नगर अध्यक्ष लक्ष्मण कटुवालले भने प्रेस युनियन तथा प्रेस चौतारीबीच एक किसिमको सहमति भएकोमा निर्वाचन समितिले उल्लंघन गर्दै भावनाविपरीत एकलौटी ढंगले कार्य समिति गठन गरेको आरोप लगाए। कार्यसमितिमा चयन भएका प्रेस चौतारी आबद्ध कृष्णकुमार श्रेष्ठ (अर्जुन), सुधन गुरागाईं, गंगा भट्टराई र राजन घिमिरेलाई हटाइदिन माग गर्दै सामाजिक सञ्जालमा असहमति प्रकट गरेका छन्।

निर्वाचन समितिका संयोजक राईले नियम, प्रकृया र सहमतिअनुसार नै कार्य गरेको दाबी गरे।

ग्रामीण पत्रकार समूहभित्र राजनीतिक गुट-उपगुटको चलखेलका कारण समूह फस्टाउन, अगाडि बढ्न सकेको छैन। र, पत्रकारको हकहित र अधिकारको लागि माखोसम्म मार्न नसकेको र ताक परे तिवारी नत्र गोतामेजस्तै समूह बन्न पुगेको शुभेच्छुकहरूको भनाइ छ।

बराहक्षेत्र नगरभित्रका पत्रकारहरूको हकहित र अधिकारका लागि ०७४ सालमा ग्रामीण पत्रकार समूह गठन भएको थियो।

बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • २.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ३.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ४.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ५.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ६.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ७.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ८.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.