• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

शैक्षिक हब बन्दै रुपन्देहीको मर्चबारी


    Avatar photo
बिहिबार, जेठ १८, २०८० मा प्रकाशित

भैरहवा- रुपन्देहीको मर्चवारी गाउँपालिकाको शैक्षिक विकासले फड्को मारिसकेको छ। यहाँको शैक्षिक क्षेत्रमा विगतभन्दा धेरै सुधार भएको प्रत्यक्ष देख्‍न सकिन्छ।

Advertisement

विगतमा शैक्षिक संस्थाको कमी र लापरवाहीका कारण यहाँका बालबालिका शिक्षा लिन अन्यत्र जाने गर्थे। तर, अहिले अवस्था फेरिएको छ। गाउँपालिकाको तथ्यांक हेर्दा यस क्षेत्रको साक्षरता दर पनि बढ्दो छ। गाउँपालिकाले यस क्षेत्रको शैक्षिक क्षेत्रमा सुधार होस् भन्‍ने हेतुले शिक्षा क्षेत्रमा बढी बजेट विनियोजन गरी शैक्षिक कार्यक्रमहरू सञ्‍चालन गर्दै आएको छ।

यस क्षेत्रमा एकसे एक विद्यालयहरू छन्। बाल शिक्षादेखि माध्यमिक तहसम्मका शैक्षिक संस्था मर्चवार क्षेत्रमा छन्। यस मर्चवारी गाउँपालिकामा कुल १५ वटा सामुदायिक विद्यालय, ८ मदर्सा र २ वटा सिकाइ केन्द्र छन्।

यस पालिकामा आधुनिक कलेज भवनहरूको निर्माण गरिएको छ। शिक्षित मर्चवारको परिकल्पना गर्दै मर्चवारी गाउँपालिका-३ मा रहेको श्रीमती मनराजीदेवी माविमा प्राविधिक शिक्षासहितको उच्च शिक्षा सञ्‍चालनमा छ। मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरई इतिहासमै मर्चवार क्षेत्रमा शिक्षाले अहिले उच्च प्राथमिकता पाएको बताउँछन्। यससँगै प्रत्येक वडामा रहेका विद्यालयको भौतिक संरचना निर्माणको साथै गुणस्तरीय शिक्षाका लागि शिक्षकको क्षमता अभिवृद्धि, आधुनिक शैक्षिक सामग्रीको व्यवस्थापन गरिएको बरई बताउँछन्।

देश विकासका निम्ति शिक्षालाई मुख्य पूर्वाधार मानिन्छ। शिक्षाले हरेक व्यक्तिको सर्वांगिण विकास गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्धत गर्छ। देशको सामाजिक, आर्थिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि शिक्षित जनशक्तिको योगदान महत्त्वपूर्ण हुने गर्छ।

देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि शिक्षाले महत्त्वपूर्ण भूमिका वहन गरेको हुन्छ। सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो। मुलुकको सर्वांगिण विकासको मूल आधार शिक्षा नै भएकाले गुणस्तरीय शिक्षामा पालिकाले ध्यान दिँदै आएको अध्यक्ष बराई बताउँछन्।

बजारमा निजी र सरकारी भनी शिक्षामा जुन विभेद छ वा हुनेखानेहरू निजी विद्यालयमा, गरिबका निम्ति सरकारी विद्यालय भनेर एउटा छाप दिएका थिए, अहिले देशका सामुदायिक विद्यालयले त्यो मान्यतालाई गलत प्रमाणित गरेका छन्। शिक्षामा हुँदा खाने र हुनेखानेबीचको फरक रहनु हुँदैन भन्‍ने मान्यतालाइ आत्मसात गर्दै मर्चवारी गाउँपालिकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई नमूना बनाउने प्रयत्‍न जारी राखेको छ। निजी विद्यालयमा पढाइ राम्रो हुन्छ तर सरकारी विद्यालयमा पढाइ राम्रो हुँदैन भन्‍ने जुन गलत बुझाइ छ, त्यसलाई पनि हटाउनु आवश्यक रहेको मर्चवारी गाउँपालिकाका शिक्षा शाखाका प्रविधिक सहायक मनमोहन यादव बताउँछन्।

सरकारको ठूलो लगानी रहेको तथा योग्य र तालिमप्राप्त शिक्षक भएको अवस्थामा सरकारी विद्यालयमा पढाइ राम्रो नहुने होइन। तर, यहाँ व्यवस्थापनको कमजोरी र सरकारीमा पढाइ हुँदैन भन्‍ने हल्ला फैलाएर निजीतर्फ विद्यार्थी आकर्षण गर्न बानी परेकाहरूको सोचका कारण सामुदायिक विद्यालय अलि ओझेलमा परेका छन्।

दृष्‍यमा देखिएको यो विद्यालय श्रीमती मनराजीदेवी मावि हो। यस विद्यालयमा कुल १६ सय ६९ जना विद्यार्थी अध्यनरत छन्। विद्यालयमा कुल २७ जना शिक्षक शिक्षिका छन्, जसमध्ये ७ जना स्थायी, १८ अस्थायी र २ जना बाल कक्षाका छन्। यो मर्चवार क्षेत्रकै एक उत्कृष्‍ट विद्यालय हो। विद्यार्थी अनुकुल वातावरण र व्यवस्थित कक्षाकोठाका कारण यस विद्यालयप्रति आकर्षण बढ्दो छ।

यस्तै, जनता मावि पनि यस क्षेत्रको एक नमूना विद्यालय होे, जसमा १२ सय ७९ विद्यार्थी अध्यनरत छन् भने २४ जना शिक्षक-शिक्षिका कार्यरत छन्। तीमध्ये ८ जना स्थायी, १५ जना अस्थायी र १ जना बाल कक्षाका शिक्षक हुन्। यस विद्यालयमा स्‍नातक तहसम्मको पढाइ हुने गर्छ। विद्यालयमा स्‍नातक तहमा अध्यनरत विद्यार्थीले मर्चवार क्षेत्रको भएर विभिन्‍न बहानामा अध्यनका लागि अन्यत्र गए यो क्षेत्रको विकास असम्भव रहेको हुँदा यहाँको स्तरलाइ थप बढाउन यस विद्यालयमा पढेको बताउँछन्।

नरेश जनता प्राथमिक विद्यालयमा १८४ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा विद्यार्थीहरूलाई विभिन्‍न चार्टका माध्यमबाट अध्यापन गराइन्छ। यस क्षेत्रका अभिभावकमा चेतना अभावका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेको विद्यालयकी प्रधानाध्यापक प्रमिला मुराव बताउँछिन्। पालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई उत्कृष्‍ट बनाउन सबै शिक्षक लागिपरेको र पालिकाले पनि सहयोग गर्ने गरेको उनले बताइन्।

ठर्की माध्यमिक विद्यालय पनि यस क्षेत्रको एक उत्कृष्‍ट विद्यालय हो। विद्यालयमा १३ जना शिक्षक-शिक्षिकाद्वारा पठपाठन गराइन्छ। यस विद्यालयमा १३ सय ३६ जना विद्यार्थी छन् विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्थित कक्षा पनि सञ्‍चालनमा छ। राम्रो व्यवस्थापनका कारण विद्यार्थीको चाप बढी भएको विद्यालयका शिक्षक धीरज यादव बताउँछन्।

राम्रा विद्यार्थीजति विभिन्‍न बहानामा निजीमा लगेर रिजल्ट राम्रो भयो भन्‍नुमा कुनै तुक छैन। तसर्थ, शिक्षामा भएको विभाजनको बहानामा शैक्षिक क्षेत्रमा चरम व्यापारीकरण गरी नाफामुखी व्यवसायलाई पनि अब रोक्नुपर्छ। अब किताब पढाउन छाडेर व्यवहार पढाउनतिर पनि ध्यान दिनुपर्ने यादव बताउँछन्।

प्राथमिक विद्यालयअन्तर्गत एक नमूना विद्यालय हो, शिसोसेमरा प्रावि। यस विद्यालयमा कुल २ सय ५० जना विद्यार्थी अध्ययनरत छन् भने ५ जना शिक्षक शिक्षिकाद्वारा अध्यापन भइरहेको छ। यस क्षेत्रमा शिक्षामा सुधार नभएको जुन एक प्रकारको भ्रमको सिर्जना गरिएको थियो, त्यो केवल हल्ला मात्र रहेको विद्यालयका प्रधानाध्यापक प्रकाश अर्यालले बताए। विगतमा जे जस्तो भए पनि वर्तमान परिवर्तनलाई हेरेर मूल्यांकन गर्नु आवश्यक रहेको उनी बताउँछन्।

यस क्षेत्रको बगौली मावि पनि चर्चा आएको एक विद्यालय हो। यस विद्यालयमा १४ सय ९० जना विद्यार्थी अध्यनरत छन्। विद्यालयमा विभिन्‍न कार्यक्रम गरी विद्यार्थीलाई आकर्षित गर्ने गरेका छन्, यस क्षेत्रका सामुदायिक विद्यालयहरूले।

यस्तै, हरिनामपुर आधारभूत विद्यालयमा ४५० विद्यार्धी अध्ययनरत छन् भने ९ जना शिक्षक शिक्षिकाले अध्यापन गराउँछन्। यस विद्यालयमा दिवा कक्षा नभएर बिहानी कक्षा सञ्‍चालनमा छ। गर्मीयाममा बालबालिकालाई अलि कठिन भएकाले व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीको सहमतिमा बिहानी कक्षा सञ्‍चालन गरिएको प्रधानाध्यापक विष्‍णुदत्त यादव बताउँछन्। बिहानी कक्षाले विद्यार्थीहरूलाइ एक प्रकारको ऊर्जा प्रदान गरेको छ।

मर्चवारी २ को अमवा मावि पनि एउटा नाम कमाएको माध्यमिक विद्यालय हो। यस विद्यालयमा १३ सय ६४ जना विद्यार्थी अध्यनरत छन्। विद्यालयको वातावरण विद्यार्थीमैत्री भएको हुँदा यस विद्यालयमा पनि बिहानी कक्षा सञ्‍चालनमा छ। यस विद्यालयको पठनपाठन पनि गुणस्तरीय मानिन्छ।

पूर्व सेमरास्थित जनहित प्राथमिक विद्यालयमा विभिन्‍न अतिरिक्त क्रियाकलाप गराउँदै पढाइन्छ। यस विद्यालयमा ४०० विद्यार्थी छन्।  विद्यालयको सफा र सुन्दर वातावरणमा विद्यार्थीहरूले निकै रमणीय तरिकाबाट सिक्ने गरेका छन्।

मर्चवारी ३ स्थित जनकल्याण प्राथमिक विद्यालयमा २०२ विद्यार्थी अध्यनरत छन्। मर्चवारी ७ स्थित सरस्वती आधारभूत विद्यालयमा १९५ जना विद्यार्थी अध्ययनरत छन्। यस्तै, सरस्वती प्राविमा १५२ जना विद्यार्थी छन्। यस क्षेत्रका विद्यार्थीको सहजता र सुरक्षालाई मध्यनजर गर्दै पालिकामा रहेका सामुदायिक विद्यालयमा सीसीटीभी क्यामेरा जडान गर्ने कार्यसमेत भइसकेको छ।

मर्चवार क्षेत्रका कतिपय समुदायका व्यक्तिहरू अझै पनि शिक्षावाट वञ्‍चित छन्। अशिक्षाका कारण अहिले लाखौं नेपाली युवा विदेशिन बाध्य छन्। अशिक्षाको कारणले आम नेपालीहरू अन्यत्र गई धेरै दुःख पाएका उदाहरण प्रशस्तै भेटिन्छ। सोही कुरालाई मध्यनजर गर्दै मर्चवार क्षेत्रलाई शैक्षिक हबको रूपमा स्थापित गर्न मर्चवारी गाउँपालिका निरन्तर लागिपरेको छ।

बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.