• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

म स्वास्नीमान्छे

सोमबार, जेठ १५, २०८० मा प्रकाशित

म स्वास्नीमान्छे !!
म, आगो पिएको मान्छे
आगोसँग खेल्दै जिएको मान्छे
आगोको भुंग्रोमा परेर
उठेका पाइतालाका फोकाहरू बिशेक हुन नपाउँदै
सोझै युद्धमा होमिएको मान्छे
म स्वास्नीमान्छे !!

Advertisement

समयले दिएका घाउ, चोट र निलडामसहित
छातीमा राँको बालेर
साँगुरो आली-आली र कान्लाहरू मध्यरातमा
छिचोलेको मान्छे …
राँके भूतहरूलाई पछारेर, लडाएर
आगोका मूर्छच्नासँग हाँस्दै जितेको मान्छे …
म, आगो पिएको मान्छे !!
म स्वास्नीमान्छे !!

चिन्नेहरू विभिन्न उपमाहरू दिन्छन्
’उग्रचण्डी’, ‘रणचण्डी’, ‘महाकाली’ जगाउँदै
अनेक असुरहरूका विरुद्ध चुनौतीको पहाड बनेर उभिएको
न्यायको पुल्ठो बाल्दै चट्टानझैं … म,
परिस्थितिका पहरा फोरेर उदाएको मान्छे ……

म, तिम्रो क्यान्भासमा सजेको मोनालिसा होइन
तिम्रो कुचीको टुप्पोमा लत्पतिएको रंग होइन,
म, कठोर अग्नि अनि शिखा भएको मान्छे
हत्केलामा फोका उठ्दा ‘ऐया’ नभनी धैर्य गर्दै
छातीमा गोली थाप्न तयार भएको मान्छे … म,
पुर्खाको त्याग, बाबु बाजेको आदर्श
अनि, भाइबहिनीको खुशी बटुल्दै
हिँडेको मान्छे , म आगो पिएको मान्छे !!!
म स्वास्नीमान्छे !!

मान्छे-मान्छे बीचको
असमान पर्खालका विरुद्ध
सधैं उभिएको मान्छे …
राता-सेता सबै मानिसहरूको कठोर भिडबाट जन्मिएर
समय र परिवर्तनको विद्रोह बाँचेको मान्छे
म, परिवेशलाई चिनेर बाटो हिँडेको मान्छे
म, आगो पिएको मान्छे !!!
युद्धमा होमिएको सिपाहीजस्तै
दुश्मनको छातीमा निशाना ताकेर
आफ्नै टाउको बन्दकी राखेर
विजयको सिन्दुर पहिरिने तागत भएको मान्छे
म आगो पिएको मान्छे
धर्ती भएर जिएको मान्छे
सम्पूर्णतामा बाँच्न सक्ने,
हो, म ज्यूँदो स्वास्नीमान्छे !!

(प्रकाशोन्मुख कविता संग्रहबाट)

सोमबार, जेठ १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.