काठमाडौं- आज तीनवटा प्रदेशमा वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले आकलन गरेको छ।
विभागका अनुसार पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण कोशी, वागमती र गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै, तराईका १-२ स्थानमा हावाहुरीको सम्भावना देखिएको विभागले जनाएको छ। मेघ गर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने जनधनको क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ। कोशी, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति देशभरको पहाडमा आंशिक बदली रही हिमाल र तराईमा मौसम सफा रहने विभागको पूर्वानुमान छ।