• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

सुन्दरता के हो? बुझाैँ गुरु खिन्से नोर्बुबाट


बुधबार, जेठ १०, २०८० मा प्रकाशित

काठमाडौं– सुन्दरता के हो? बाहिरी जरुरी छ कि भित्री? यसको परिभाषा के हुनसक्छ? यी र यस्तै विषयमा बौद्ध धर्मका गुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) ले चर्चा गरेका छन्। विश्वमै फरक फरक रूपमा आफूलाई परिचित गराउन सफल नोर्बुले ‘ब्युटी इज अ ट्र्याप’ (सुन्दरता एउटा जाल हो) विषयमा चर्चा गर्दै आफ्नो बुझाइ राखे। जेठ ५ गतेबाट प्रदर्शनरत चलचित्र ‘डाकिनी’ को नेपाल प्रदर्शनका लागि उनी नेपालमा छन्।

Advertisement

उनले निर्देशन गरेका चलचित्र ‘द कप’,‘ट्राभल्स एन्ड म्याजिसियन्स’, ‘हिमा हिमाः सिङ्ग मी अ सङ ह्वाइल आई वेट’ लगायतका चलचित्र विश्वभर प्रख्यात छन्। त्यसैले पनि उनको नेपाल आगमन चलचित्र प्रेमीका निमित्त खास छ। विश्वभरका चलचित्रकर्मीसँग काम गरेका निर्देशक नोर्बुले ‘चलचित्रको सुन्दरता’ के बुझेका छन् त ? उनको सरल जफाव छ,“जे तटस्थ छ, त्यहीँ सुन्दर छ।”

उनले चलचित्रलाई बुझ्ने तरिका र शैली अन्यभन्दा फरक छ। अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’ मार्फत विश्वभर प्रदर्शन भएको चलचित्र ‘डाकिनी’मा बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का कथा छन्। देवी खोजिने चलचित्रमा बौद्ध ग्रन्थको सुन्दर आयामलाई प्रस्तुत गरिएको छ।

काठमाडौंमा क्याफे सञ्चालनको तयारीमा रहेका तिब्बती मूलका युवालाई सपनामा केही सङ्केत मिल्छ। उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ, ‘तिमी सात दिन बाँच्छौँ।’ तर, जब उसले यो सङ्कट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि सुरु हुन्छ डाकिनीको खोजी। उसले डाकिनी कहाँ फेला पार्छ? उसको जीवन बच्छ कि बच्दैन? यसकै वरपर चलचित्रको कथा बगेको छ।

सामान्यतया चलचित्रमा सात दिनमात्र बाँच्छ भन्ने थाहा पाएको पात्रले के-के गर्छ होला? हामीले केही यस्ता चलचित्र हेरेका पनि छौँ। तर ‘डाकिनी’ फरक छ। त्यहाँ पात्रले आफ्नै दिनचर्यामा खोजी गर्छ। उसको पीडा र सङ्घर्ष उस्तै छ, तर व्यक्त गर्ने तरिका फरक। किनकि यसलाई निर्माण गर्दा तटस्थ रहेर निर्माण गर्ने प्रयास गरिएको छ। उनले भने झैँ चलचित्रमा प्रस्तुत हुने चरित्र सकारात्मक होस् या नकारात्मक हामीले यस्तो होला? भन्ने अनुमान गरिहाल्छौँ।

चलचित्रमा गीत हुनुपर्छ, द्वन्द्व हुनुपर्छ भन्ने हाम्रो मानसिकता नै छ। अभिनेताले नकारात्मक चरित्र निर्वाह गरेका सयौँलाई पिट्न सक्छ। यो हामीले देख्दै आएको चलचित्रको शैली वा प्रस्तुतीकरण हो। तर, पर्दा भन्दा बाहिर सम्भव छ त ? छैन भने समाजसँग कसरी जोडिएको छ? वा समाजको कथालाई पर्दामा न्याय गरेको छ त?

निर्देशक नोर्बु भन्छन्, “चलचित्र बनाउँदा चरित्रलाई पर्दामार्फत दर्शकसम्म पुर्‍याउनु पर्छ। तर, चलचित्रहरूमा निर्देशकको स्वार्थअनुसार चरित्र निर्माण भइरहेका छन्। ती स्वतन्त्र छैनन्।” उनले निर्देशन गरेकाे ‘डाकिनी’ सरल छ। “प्रयास गर्नुपर्छ। पात्रलाई चरित्र अनुसार छोड्नु पर्छ। ऊ पर्दामा नभई दैनिकीमा हिरो बन्न सक्नुपर्छ”, उनले भने, “चलचित्र भन्ने बित्तिकै तयार हुने वा बुझिने चित्रलाई भत्काउनु जरुरी छ। अनिमात्र चलचित्र बनाउन सकिन्छ।” चलचित्रलाई निर्देशकले निर्देशन गरेता पनि आफ्नो रोजाइलाई प्रस्तुत गर्न नहुने उनी बताउँछन्। निर्देशक चरित्र बाँचिरहेका पात्रलाई सोही अनुरुप पर्दामा ल्याउने माध्यम मात्र बन्नुपर्ने उनको बुझाइ छ।

चलचित्रका बारेमा निर्माण भएको भाष्यशैलीलाई परिवर्तन गर्न सकेमात्र फरकपन महसुस हुने उनको भनाइको तात्पर्य थियो। “हाम्रो शैलीमा भिन्नता आए कथा फरक हुन्छ। म चलचित्रमा नदेखिउँ (निर्देशककै स्वार्थमा मात्र नबनोस्) भन्ने लाग्छ। अनिमात्र म कथा भन्न सफल हुन्छु। नत्र त्यो मेरोअनुसार चल्ने चित्र बन्छ”, उनले भने।

लगभग तीन सय चलचित्रकर्मी र प्रेमीमाझ उनले आफूले गरेको काम र आफ्नो बुझाइलाई प्रस्तुत गरिरहेका थिए। सुन्दरताको स्थापित मान्यता वा खोजिन सक्ने तथ्यलाई महसुस गर्न उनले सुझाए। चलचित्रलाई उनी माध्यमका रुपमा बुझ्छन्। उनको चलचित्रमा ठूला घटना क्रम हुँदैनन्, छैनन् पनि। किनकि उनी समाज वा वास्तविकताभन्दा बाहिरका चित्रमार्फत दर्शकलाई प्रभावित पार्न चाहँदैनन्। वास्तविकतासँग नजिक रहेर पात्रलाई यात्रा गराउन चाहन्छन्।

उनले चलचित्र निर्देशन गर्ने तय गरेपछि अनुसन्धान गरे। आम मानिस भेला हुने, बस्ने शैलीलाई नियाले। चलचित्रभित्र एउटा चिया पसल देखाइएको छ। जहाँ बज्ने गीतसङ्गीतका विषयमा उनले सोही ठाउँमा पुगेर अध्ययन गरेका रहेछन्। “चिया पसलमा नेपाली साथीहरुसँग पुगेँ। त्यहाँको माहोल बुझ्ने कोसिस गरेँ। रेकर्ड गरेँ। नबुझेका कुरा नेपाली साथीलाई सोध्थेँ”, उनले भने।

त्यसो त यो चलचित्र बन्ने तय एक ट्रेकिङको समयमा भएको रहेछ। नेपाली कथालाई पर्दामा ल्याउने तय भएपछि ‘डाकिनी’ तयार भयो। झन्डै १० करोड बजेटको यो नेपाली निर्माता संलग्न भएको संवत् अहिलेसम्म कै महँगो चलचित्र हो। तर, यसको व्यापारको विषयमा कहिले चर्चा भएन।

यसको निर्माणमा षट्कोण आर्टससमेत रहेको छ। यसले जात्रा, जात्रै जात्रा र महापुरुष जस्ता समीक्षात्मक र व्यावसायिक रूपमा सफल चलचित्र निर्माण गरिसकेको छ। “यो एउटा कला हो। किनकि यो स्वतन्त्र रहेर निर्माण गरियो। अहिले प्रदर्शनमा पनि कति चलचित्र भवन? सो सङ्ख्या? यो विषयमा चर्चा नै हुँदैन। यसको प्रभाव वा कस्तो बनेको छ भन्ने विषयमा मात्र हामी छलफल गरिरहेका छौँ”, निर्माता मध्येका एक रवीन्द्रसिंह बानियाँले भने।

चलचित्र निर्माण हुँदा र अहिले प्रदर्शन हुँदासम्म उनको बुझाई फरक भइसकेको छ। आफू निर्मित पछिल्ला चलचित्र कही कतैबाट निर्देशित त होइनन्? भन्ने सोच उनमा आउँछ। यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको चलचित्रको छायाङ्कन पनौती र पाटनमा भएको छ। चलचित्रमा छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव लगायतले अभिनय गरेका छन्।

बुधबार, जेठ १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.