• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

दुर्वाशाघाटमा छैन शौचालय, मलामीलाई सास्ती


आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित

सुनसरी- बराहक्षेत्र १ सप्तकोशी नदी किनारस्थित पौराणिक तथा प्रसिद्ध दुर्वाशा घाटमा शौचालय नहुँदा मलामीले सास्ती खेप्नुपरेको छ।

Advertisement

सार्वजनिक शौचालय नहुँदा मृतकका आफन्त तथा मलामीलाई दिसा, पिसाब गर्न समस्या भइरहेको घाट हेरालु विरु बाबा बताउँछन्। अलौकिक दुर्वाशाघाट बराहक्षेत्रको दाहसंस्कार गर्ने प्रसिद्ध ठाउँ हो। चतरा, भलायो टार, बयरवन, हाट खोला, खारखोला, वगुवा, पुनर्वास, धरानलगायत स्थानबाट दाहसंस्कारका लागि यो घाटमा शव ल्याइन्छ।

दुर्वाशा घाटमा घाम, पानी छेल्न पर्याप्त मात्रामा दाताहरूले पाटी, पौवा र धर्मशाला निर्माण गरिदिएका छन्। तर, हालसम्म पनि सार्वजनिक धारा, शौचालय बनाउनेतर्फ सरोकारवालाको ध्यान पुग्न सकेको छैन।

शौचालय नहुँदा मलामीलाई समस्या भइरहेको स्थानीय विजय भट्टराईले बताए। घाट नजिकै पर्ने राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठान कुम्भ नगरी परिसरमा २ वटा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गरिए पनि चाबी लगाएर राख्ने गरिएको स्थानीय माया भट्टराईको भनाइ छ।

आगन्तुकको अनुरोधमा खोलिए पनि सशुल्क प्रयोग गर्न दिए पनि पानी नहुँदा समस्या भएको भ्रमणमा आएका आन्तरिक तथा बाह्य पर्यटकहरूले बताए। सौच गर्न झाडी बुट्यानतिर जानुको विकल्प मलामीहरूसँग हुँदैन। खासगरी, महिला बढी समस्यामा छन्।

खुला स्थानमा दिसा–पिसाब गर्दा दुर्गन्धित भई रोग बढ्ने जोखिम उत्तिकै छ। विरु बाबाले पुरुष र महिलाका लागि छुट्टाछुट्टै सार्वजनिक शौचालय र पानी अत्यावश्यक भएकाले सरोकारवाला निकाय तथा समाजसेवी, सामाजिक अभियन्ता, मनकारी, दयालु महानुभावहरूलाई बनाइदिन आग्रह गरेका छन्।

अलौकिक दुर्वाशा घाटमा विद्युत लाइन जडान भए पनि रातको समयमा पोलमा बत्ती नहुँदा अन्तिम संस्कारमा समस्या भइरहेको छ। स्थानीय अमित साह भन्छन्, ‘शौचालय, खानेपानी र विद्युतका बल्बहरू जडान गरी समस्या समाधान गरिदिन सबैसँग आग्रह छ।’

भीमप्रसाद आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री छँदा १७ चैत ०७० मा बराहक्षेत्र गाविसलाई खुला दिशा, पिसाब मुक्त क्षेत्र घोषणा गरेका थिए। त्यसो त, सुनसरी जिल्ला नै १९ असार ०७५ मा खुला दिसामुक्त घोषणा भएको हो। तर, त्यो कागजमै सीमित बन्न पुगेको एक उदाहरण हो, दुर्वाशा घाटको दुर्दशा।

बराहक्षेत्र–१ र २ मा बराहक्षेत्र मन्दिरमा एउटा, सप्तकोशी पुलमा एउटा, कुम्भ स्तम्भ अगाडि र पछाडि दुईवटा, चतरा बसपार्कमा एउटा, गौरी टोलमा एउटा तथा हाट खोलामा एउटा गरी ७ वटा सार्वजनिक शौचालयहरू छन्।

आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.