काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदमा १३० रुपैयाँ ५९ पैसा र बिक्रीमा १३१ रुपैयाँ १९ पैसा तय गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४३ रुपैयाँ ९० पैसा र बिक्रीमा १४४ रुपैयाँ ५६ पैसा तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६५ रुपैयाँ १० पैसा र बिक्रीमा १६५ रुपैयाँ ८६ पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८८ रुपैयाँ १४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९९ रुपैयाँ २ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९ रुपैयाँ ७३ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ९० पैसा र बिक्रीमा १८ रुपैयाँ ९८ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३४ रुपैयाँ ८२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९८ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७२ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ४३ पैसा र बिक्रीमा २९ रुपैयाँ ५७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९१ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९५ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२६ रुपैयाँ ३५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३१ पैसा तथा बहराइनको दिनार खरिदमा ३४६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३४७ रुपैयाँ ९८ पैसा तय गरिएको छ।