• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

फलोअपः ऐतिहासिक भवानीस्थान गढीमा स्काभेटर र आगजनी


शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित

सुनसरी- बराहक्षेत्र १ स्थित भवानीस्थानमा रहेको करिब ४०० वर्ष पुरानो गढी क्षेत्र अतिक्रमणको चपेटामा परेको समाचार सार्वजनिक भए पनि नियामक निकायको उदासिनताका कारण गढीक्षेत्र माफियाले उजाड बनाएका छन्।

Advertisement

पर्यटनको विकास गर्ने नाममा गढी क्षेत्रमा स्काभेटर लगाउने, आगजनी गर्ने गरिएपछि रुख बिरुवाले ढाकिएको क्षेत्र अहिले उजाड बनेको छ।

सेनवंशी राजा लोहाङ सेनले पूर्व राज्य विस्तारका क्रममा स्थापना गरेको भवानीस्थानस्थित लालकोट रंगमहल दरबार र त्यसको रक्षार्थ स्थापना गरिएको गढी ‘लालकोट गढी’ (भवानी थान गढी) मा रहेका रुख बिरुवा काटेर आगजनीसमेत गर्दा गढी क्षेत्र हाल उजाड बनेको छ।

स्थानीय जननिर्वाचित प्रतिनिधिको साँठगाँठ र राजनीतिक दलको छत्रछायामा पर्यटन व्यवसायीका रूपमा आफूलाई चिनाउने विपिन मगरले गढीक्षेत्र फडानी गरेको आरोप स्थानीय बासिन्दाको छ। स्थानीयवासीले भोगचलन गर्दै आएको गढीक्षेत्र छेउको जग्गा ७५ हजार रुपैयाँमा खरिद गरी गढी क्षेत्रसमेत फडानी गरी निजी बनाउन चलखेल गरेको व्यवसायी मगरमाथि आरोप छ।

स्थानीय बासिन्दाले रुख बिरुवा नकाट्न सुझाव दिए पनि प्याराग्लाइडिङ उडाउने र स्थानीयवासीलाई नै फाइदा हुने प्रलोभन देखाएका मगरले आफैं यसको जिम्मेवार हुने, स्थानीयवासीलाई अप्ठ्यारो नपर्ने भन्दै सम्झाइबुझाइ गरेको उनीहरूको भनाइ छ।

शुक्रबार प्याराग्लाइडिङ उडान गर्ने योजना रहे पनि अत्यधिक हावा चलेकाले उडान गर्न नसकिएको भन्दै उदघाटन कार्यक्रम स्थगित गरिएको थियो।

वन कार्यालयको उदासिनता

रुख बिरुवा कटान गर्दा मन्दिर संरक्षण समिति, वन कार्यालय र वडा कार्यालय, नगरपालिका मुकदर्शक बनेका छन्। चतरा सब–डिभिजन वन कार्यालयका रेन्जर शिशुराज झाले स्थलगत अवलोकन गरेर दोषीलाई कारवाही गर्ने बताएको आठ महिना बितिसक्दा पनि केही कारवाही हुन सकेको छैन। अतिक्रमित क्षेत्रमा वृक्षरोपण गर्ने बताएका रेन्जर झाले प्रक्रिया अगाडि बढाएका छैनन्। उनीसमेत आरोपितसँगै साँठगाँठमा रहेको स्थानीय सरोकारवाला दिला राई बताउँछिन्।

पर्यटनको विकास गर्नु स्थानीय क्षेत्रका लागि आवश्यक भए पनि गढीक्षेत्रको ऐतिहासिकता मासेर विनास गर्न नहुने स्थानीय अमृत तामाङ बताउँछन्।

सुनसरीको सबैभन्दा अग्लो ठाउँ (९१४ मिटर)को उचाइमा रहेको गढीक्षेत्र स्थानीय सरकारले संरक्षण गर्दै पर्यटनको विकास गर्नुपर्ने जनता समाजवादी पार्टीका जिल्ला सदस्य मणि राईले बताए।

फडानी तथा अतिक्रमण भएको क्षेत्रमा गढीको भग्नावशेष देख्न सकिन्छ। राजा लोहाङसेनको अवसानपछि हरिहर सेनले यो क्षेत्रमा तीव्र विकास गरेको ऐतिहासिक दस्तावेजमा पाउन सकिन्छ। सो तथ्य साफल्य अमात्यद्वारा लिखित ‘प्राचीन नेपाल’मा सेनहरूद्वारा पूर्वी राज्य विस्तार गरिएका सन्दर्भ उल्लेख गरिएको छ।

लोहाङ सेनका नाति आफूलाई हिन्दूपति घोषणा गरेका हरिहर सेनको दरबारको भग्नावशेष अझै देख्न सकिन्छ। सो क्षेत्रलाई स्थानीय बासिन्दाले हिन्दूपति राजाको दरबार भन्ने गरेका छन् भने भवानी स्थान गढी स्थापना गरेको ऐतिहासिक तथ्य छ।

इमानसिह चेम्जोङद्वारा लिखित विजयपुरको सक्षिप्त इतिहास, २०५९ मा समेत यहाँका प्रसंगहरू उल्लेख छन्। यस्तै, ज्ञानमणि नेपालद्वारा लिखित २०५५ सालमा प्रकाशित ‘नेपाल निरुपण’मा समेत यहाँका तथ्य उल्लेख भएको स्थानीय अध्येता नवराज विष्ट बताउँछन्।

साविक बराह क्षेत्र गाविस वडा नम्बर ९ र ८ को सामुदायिक वनको सीमा विवादका कारण भवानी थान मन्दिर संरक्षण समिति मातहत राखिएको सो क्षेत्रमा अपेक्षित विकास हुन सकेको छैन। स्थानीय सरकारले पनि ऐतिहासिक दरबार, किल्ला र गढीको संरक्षणमा हालसम्म चासो देखाएको छैन। ‘मिलाएर अनुगमन गर्ने’ रेन्जर शिशुराज झाले बताएका छन्।

शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.