काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदमा १३० रुपैयाँ ६३ पैसा र बिक्रीमा १३१ रुपैयाँ २३ पैसा तय गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४३ रुपैयाँ ८१ पैसा र बिक्रीमा १४४ रुपैयाँ ४७ पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६३ रुपैयाँ ७१ पैसा र बिक्रीमा १६४ रुपैयाँ ४६ पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८७ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ २५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६९ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५० पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९ रुपैयाँ ६० पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ९० पैसा र बिक्रीमा १८ रुपैयाँ ९९ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३४ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९९ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ २९ पैसा र बिक्रीमा २९ रुपैयाँ ४२ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ७५ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ७९ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ४२ पैसा तथा बहराइनको दिनार खरिदमा ३४६ रुपैयाँ ४७ पैसा र बिक्रीमा ३४८ रुपैयाँ ६ पैसा तय गरिएको छ।