• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

नाक कोट्याइरहनु हुन्छ? अल्जाइमर लाग्ला !


सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

क्यानबेरा- वैज्ञानिकहरूको एक समूहले नाक कोट्याइरहने मानिसमा अल्जाइमर रोगको जोखिम अत्यधिक रहने एक अनौठो तथ्य पत्ता लगाएका छन्।

Advertisement

सन् २०२२ मा गरिएको यो अध्ययनबाट नाक कोट्याउने र अल्जाइमर विकसित हुने सम्भावनाबीच एक कमजोर तर प्रशंसनीय लिंक पत्ता लगाएको हो। बारम्बार नाक कोट्याइरहँदा आन्तरिक टिस्युमा नोक्सान पुग्छ। र, टिस्युमा लागेको चोटको माध्यमबाट ब्याक्टेरियाहरूले मस्तिष्कसम्म पुग्ने सहज मार्ग पाउँछन्।

र, त्यसबाट अल्जाइमर रोग विकसित हुन मद्दत पुग्ने वैज्ञानिकहरूको निष्कर्ष छ। तथापि, यो अनुसन्धान सीधा मानिसमा गरिएको होइन। मुसाहरूमा गरिएको अध्ययनबाट मानिसमा पनि यस्तै अवस्था उत्पन्न हुने निष्कर्ष वैज्ञानिकहरूले निकालेका हुन्। निकट भविष्यमै वैज्ञानिकहरूको टोलीले मानिसमा पनि यो अध्ययन गर्ने भएका छन्। त्यसबाट अल्जाइमर कसरी लाग्छ भन्ने गुत्थी सुल्झाउन ठूलो मद्दत पुग्ने उनीहरूको भनाइ छ।

अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले क्लामिडिया न्युमोनिया नामक ब्याक्टेरियाको परीक्षण मुसाहरूमा गरेका हुन्। उक्त ब्याक्टेरियाले मानिसलाई पनि संक्रमित गर्छ। ती ब्याक्टेरियाले मुसाको घ्राण तन्त्रिता (नाक र मस्तिष्कमा रहने) सम्म पुगेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। त्यसबाट तन्त्रिकामा जटिल संक्रमण भएको थियो।

अध्ययनमा संलग्न न्युरोसाइन्टिस्ट जेम्स सेन्ट जोनका अनुसार क्लामिडिया न्युमोनिया नामक उक्त ब्याक्टेरिया नाकमार्फत मस्तिष्कमा पुग्ने पहिलोपटक पत्ता लागेको हो। र, त्यसले अल्जाइमरजस्तै प्याथोलोजी सेट गर्छ। ‘मुसामा गरिएको यो परीक्षण मानिसका लागि पनि त्रसित पार्ने प्रकृतिको छ,’ उनले भने।

उक्त ब्याक्टेरियाले २४ देखि ७२ घण्टाभित्र संक्रमण गरेको थियो। तथापि, मानिसमा परीक्षण नगरुन्जेल उक्त ब्याक्टेरियाले असर गर्छ कि गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। त्यसैले मानिसमा यसको परीक्षण गर्न जरुरी देखिएको उनको भनाइ छ।

नाक कोट्याउनु मानिसका लागि सामान्य विषयजस्तो हो। हरेक १० मध्ये ९ जनामा नाक कोट्याउने आदत देखिने गरेको अध्ययनबाट पुष्टि भएको छ। नाकभित्रको रौं काट्ने आदतले पनि ती ब्याक्टेरियाको प्रवेश सहज बनाउने निष्कर्ष वैज्ञानिकहरूको छ।

अल्जाइमर निको नहुने एक जटिल बिमारी हो। त्यसैले विभिन्न कोणबाट यसबारे वैज्ञानिकहरूले अध्ययन जारी राखेका छन्। सोही अध्ययनको पछिल्लो कडी हो यो।

सोमबार, बैशाख ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.