सुनसरी- गत बुधबार सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका दुईजनाको खोजी तीव्र बनाइएको छ।
Advertisement
झापाको दमक-९ बुद्ध चोकबाट बराहक्षेत्र-१ सप्तकोशी र कोका नदीको संगम स्थल बराहक्षेत्रमा बुवाआमासँग स्वर्गीय हजुरबुवाको श्राद्ध गर्न आएका नवीन न्यौपाने, रुद्र न्यौपाने र राज गुरागाईं (उर्लाबारी) सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए।
नवीनलाई भने तत्काल मृत अवस्थामा नदीबाट निकालिएको थियो। रुद्र र राज भने बेपत्ता छन्। सशस्त्र प्रहरी पकलीबाट आएको गोताखोरको टोलीले सम्भावित ठाउँहरूमा निरन्तर खोजी गरिरहेको छ।
सशस्त्र प्रहरी बेस क्याम्प चतराका निरीक्षक देवेन्द्र रोक्काका अनुसार बेपत्ता भएकाहरूको सप्तकोशी नदी किनारलगायत ठाउँहरूमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी तीव्र बनाएको छ।