काठमाडौं- आज सुनको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Advertisement
आज छापावाल सुन तोलाको एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बुधबार तोलाको एक लाख १० हजार ३०० रुपैयाँ कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन तोलामा एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइहरको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।