• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

हर्क साम्पाङको पानी लाने योजनामा स्थानीयवासीको विरोध


सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित

बराहक्षेत्र- धनकुटा र सुनसरीको सीमा भएर बग्ने कोका खोलाको पानी धरान लैजाने मेयर हर्क साम्पाङको योजनामा स्थानीय बासिन्दाले आपत्ति जनाएका छन्।

Advertisement

मेयर साम्पाङ धरानमा खानेपानी समस्या समाधान गरेरै छाड्ने मुद्दा उठाएर निर्वाचित भएका हुन्। उनले धरानको खानेपानी समस्या समाधानमा कुनै कसर बाँकी नछाड्ने गरी काम गरिरहेका छन्। र, आफैं श्रममा जुटिरहेका छन्।

तर, कोका खोलाको पानी लैजाने उनको प्रयासमा बराहक्षेत्र नगरपालिका–१ चावचाका बासिन्दाले आपत्ति जनाएका छन्।

स्थानीय किशोर भण्डारीका अनुसार मेयर साम्पाङको टिमले चावचा बासिन्दालाई पूर्वसूचना, जानकारी नगराई खेतीयोग्य जमिनमा लगाएको अन्नबाली हजारौं संख्यामा ओइरो लागेका मानिसले नष्ट गरिदिने भएकाले सम्झौता गरेर मात्र पाइपलाइन बिछ्याउनुपर्ने उनीहरूको माग छ।

स्थानीय तोया दाहालका अनुसार स्थानीय बासिन्दालाई मिटर राखेर शुल्क लिएर भए पनि पानी उपयोग गर्न दिनुपर्ने तथा यहाँबाट पानी लगेवापत स्थानीयवासीले पनि केही सेवा सुविधा पाउनुपर्ने माग अगाडि सारिएको छ।

बराहक्षेत्र–१ चावचालगायत ठाउँमा पानीको समस्या छ। सोही कारण यहाँबाट पानी लैजाँदा कमसेकम गाउँलाई एउटा धारा सशुल्क या निःशुल्क दिनुपर्ने, पाइप बिछ्याउँदा जमिन प्रयोग भएबापत क्षतिपूर्ति दिनुपर्ने र मर्मतसम्भारदेखि भविष्यमा आउने संकटलाई पनि पानी लैजानेले बेहोर्नुपर्ने स्थानीय बासिन्दाको माग छ।

चावचा, बागदल बारी, सिधुरे पुच्छर, सिलपाखालगायत केही टोलमा वर्षौंदेखि खानेपानीको समस्या छ। दाहालका अनुसार शनिबार एक्कासी मेयर साम्पाङको नेतृत्वमा पाइप लिएर हजारौं संख्यामा मानिसहरूको हुल आउँदा मात्र चावचावासीलाई पानी लैजान लागको जानकारी भएको हो। ‘खानेपानी योजना बनाउँदा स्थानीय बासिन्दासँग सहकार्य गर्नुपर्थ्यो तर मेयर हर्क साम्पाङले त्यसो नगरी मनोमानी तरिकाले आयोजना अगाडि बढाएका छन्,’ दाहालले भने।

यस विषयमा आइतबार बराहक्षेत्रका मेयर रमेश कार्की, वडा नम्बर १ का वडाध्यक्ष किसन थापा मगर र स्थानीय सरोकारवाला तोया दाहाल, किशोर भण्डारी, सन्तोष दाहाल, नारायण दाहाल, बुद्धराज भण्डारीले छलफल गरेका छन्।

वडाध्यक्ष मगरका अनुसार धरान उपमहानगरले १९ फागुन ०७९ मा पत्र पठाई वडा नम्बर २० खैरे हात्तीसारबाट पानी लैजान लागेकाले आवश्यक समन्वय गर्न आग्रह गरेको थियो।

तर, वडा नम्बर १ को कुन ठाउँबाट पानी लैजानेबारेमा केही उल्लेख नगरेको मगरले बताए। उनका अनुसार बराहक्षेत्र नगरपालिका र स्थानीय सरोकारवाला चावचाका बासिन्दाहरू छलफलमा बसी साझा एजेन्डा मागसहित आगामी शनिबार भन्दाअघि नै मेयर साम्पाङसँग कुरा राख्ने तय भएको छ।

पत्रकार गोपाल दाहाल भन्छन्, ‘मेयर साम्पाङको टिम, बराहक्षेत्रका जनप्रतिनिधि र स्थानीय सरोकारवालाहरूसँग वार्ताको टेबलमा बसी छलफलबाट समाधान खोज्नु उत्तम हुनेछ।’

सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.