• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

नयाँ कार किन्दै हुनुहुन्छ? क्यान्सर लाग्ला!


शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

क्यानबेरा- कतिपय मानिसका लागि बिल्कुल नयाँ कारको वास्‍नाजस्तो शानदार केही हुँदैन। त्यो सुगन्ध, ताजा तयार गरिएको सतह र त्यो तातो हुँदा निस्किने अस्थिर धुवाँको मिश्रण। मानौं त्यो महँगो कार किनेको महकझैं हुन्छ। तर, त्यसबाट आफ्नो स्वास्थ्यमा परिरहेको गम्भीर असर कसैले पनि सोचेकोसम्म हुँदैन।

Advertisement

चिनियाँ र अमेरिकी शोधकर्ताहरूले कम्तिमा १२ दिनसम्म बाहिर पार्किङमा राखिएको कारभित्र क्यान्सर पैदा हुने रासायनिक तत्त्व हुने पत्ता लगाएका छन्। त्यसरी राखिएका कारमा कीटाणुनाशक तथा ग्यास स्टोभमा पाइने एक यौगिक फर्मलडिहाइड रहने उनीहरूले पत्ता लगाएका हुन्।

त्यसरी पार्क गरिएका गाडीमा यस्तो तत्त्व चीनले तयार पारेको राष्ट्रिय सुरक्षा मानकभन्दा ३६ प्रतिशत बढी हुने पत्ता लागेको छ। बन्जिन, पेन्ट, पेट्रोल र चुरोटमा पाइने कार्सिनोजेन तत्त्व त्यसमा मिश्रित हुने शोधकर्ताहरूको निष्कर्ष छ। त्यसैले नयाँ गाडीमा लामो यात्रा गर्नु पनि हानिकारक हुने अध्ययनमा पत्ता लागेको छ। तथापि, त्यस्ता तत्त्वले कारमा यात्रा गर्ने यात्रीलाई भन्दा चालकलाई बढी असर गर्ने पत्ता लागेको छ।

नयाँ कारभित्र पाइने वाष्पशील कार्बनिक यौगिकहरूबाट इंक्रिमेन्टल लाइफटाइम क्यान्सर रिस्क चालकहरूलाई अत्यधिक हुने पत्ता लागेको छ। अध्ययनअनुसार दैनिक डेढदेखि ११ घण्टासम्म कारमा बिताउने ट्याक्सी चालक र यात्रीहरूलाई वायुजनिक यौगिकहरूले असर पुर्‍याउने पत्ता लागेको हो। उनीहरूको छाला र श्वासप्रश्वासमा असर पुग्‍ने देखिएको छ।

मध्यम आकारका एसयूभीमा जडित प्लास्टिक, नक्कली छाला, फेल्टबाट बनाइएका कपडाबाट त्यस्ता तत्त्व निस्किने गरेको शोधकर्ताहरूको निष्कर्ष छ। ती सामग्रीले हावामा विभिन्न प्रकारका वाष्पशील कार्बनिक यौगिक छाड्छन्। त्यस प्रक्रियालाई अफ-ग्यासिङको रूपमा बुझिन्छ।

शोधकर्ताहरूले विभिन्न नयाँ कारबाट लिएको हावाको नमूनाबाट यस्तो निष्कर्ष निकालेका हुन्। ती नमूनाको परीक्षणका लागि ‘ग्यास क्रोम्याटोग्राफी-मास स्पेक्ट्रोस्कोपी’ विधि प्रयोग गरेका थिए। लामो समय पार्क गरेर राखिएका कारभित्रको तापक्रम २१ देखि ६३ डिग्री सेल्सियससम्म पुग्‍ने गर्छ।

उक्त अध्ययनमा नयाँ कारमा केवल २० मिनटको ड्राइभिङ पनि हानिकारक हुने पत्ता लागेको छ। झनै त्यसभन्दा लामो समय यात्रा गर्नेहरूको स्वास्थ्यमा त झनै ठूलो असर पर्नु स्वाभाविकै हो। त्यसैले नयाँ कारबाट त्यस्ता हानिकारक तत्त्व हटे-नहटेको यकिन गरेर मात्र यात्रा गर्न शोधकर्ताहरूले सुझाव दिएका छन्।

साइन्स अलर्ट डट कमबाट

शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.