• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीले लेखे- ‘आई एम आउट…’


बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित

काठमाडौं–राष्ट्रिय खेलकुद परिषद (राखेप)को छानबिन समितिले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई विवाद सृजना हुने कुनै पनि गतिविधि नगर्न सचेत गराउन सिफारिस गरेको छ । छानबिन समितिले बुधबार राखेप सदस्यसचिव रमेश सिलवाललाई प्रतिवेदन बुझाएलगत्तै प्रशिक्षक अल्मुताइरीले आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् ।

Advertisement

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘आई एम आउट…लेट पोलिटिक्स वर्क ।’

राखेपलाई बुधबार प्रतिवेदन बुझाउँदै छानबिन समितिले मुख्य प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग गरेको सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउन सिफारिस गरेको छ ।

साउन दोस्रो साता प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको स्टाटस फेसबुकमा राखेका थिए । त्यसपछि उपाध्यक्ष नेम्वाङले त्यसको खण्डन गर्दै छानविनको माग गरेका थिए। त्यसपछि उत्पन्न विवादले उग्र रुप लिंदै गएपछि राखेपले सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

प्रतिवेदनमा प्रशिक्षक अलमुताइरीले आफ्नो व्यवसायीक आचरण तथा बानी व्यहोरामा सुधार गर्नुपर्नेलगायतका ११ बुँदे सुझाव समेटिएका छन् । सुझावहरु र सिफारिस यस्ता छन्–

१. अखिल नेपाल फुटबल संघले १५ दिनभित्र Code of Conduct तयार गरी परिषदबाट स्वीकृति लिई लागू गर्नु पर्ने देखिन्छ।

२. कुवेती नागरीक एवं कतार फुटबल संघसँग अनुबन्ध रहेका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अल्दुल्लाह अलमुताइरीले आफ्ना केही व्यवसायीक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने देखिन्छ। उहाँले सम्झौतामा उल्लेखित शर्तहरूको बन्देजमा रही नेपाली राष्ट्रिय टिमका फुटबल खेलाडीहरूलाई गुणस्तरीय प्रशिक्षण प्रदान गर्न पर्ने हुन्छ। उहाँले गरेको प्रशिक्षण कार्यका बारेमा सरोकारवाला सबै पक्षले सकारात्मक ढंगबाट समर्थन नै गरेको यथार्थताबाट उहाँको कार्य दक्षता, क्षमता एव् भूमिकाका बारेमा प्रश्न उठाउने देखिदैंँन।

३. निज विदेशी प्रशिक्षक अलमुताइरीले उक्त विवादास्पद राजीनामा सम्बन्धी पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन खेलकुद परिषदबाट निर्देशन दिनुपर्ने।

४. फुटबलका मुख्य प्रशिक्षकले अखिल नेपाल फुटबल संघसँग गरेको सम्झौता बमोजिमका कार्य मात्र सम्पादन गर्नु पर्ने र आगामी दिनमा विवाद सिर्जना हुने खालका कुनै पनि कार्य गतिविधि नगर्न नगराउन एवं सामाजिक सञ्जाल र मिडियामा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै परिषदबाट सचेत गराउन पर्ने देखिन्छ।

५. कुनै पनि संचारकर्मीले कुनै पनि खेल प्रशिक्षकसँग अन्तर्वार्ता वा धारणा लिनु परेमा अखिल नेपाल फुटबल संघका सूचना अधिकारी अथवा व्यवस्थापनसँग पूर्व अनुमति लिएर मात्र सम्पर्क गनुपर्ने व्यवस्था मिलाउन पर्ने देखिन्छ, साथै प्रशिक्षकले पनि व्यवस्थापक मार्फत नै समन्वय गर्नपर्ने छ।

६. टिम व्यवस्थापकले प्रशिक्षकका गुनासा तथा समास्याहरूलाइ तत्काल सम्बन्धित निकायमा पुर्याउन जिम्मेवारपूर्ण रुपबाट भूमिका निर्वाह गर्नुपर्नेछ साथै निज प्रशिक्षकलाई सुरक्षाको प्रत्याभुती गराउँदै सोको व्यवस्था एन्फाले मिलाउन पर्नेछ।

७. खेल क्षेत्रलाई धुम्रपान र मध्यपान निषेधित क्षेत्र बनाउँदै सोही बमोजिमका कार्यहरु अगाडी बढाउनु पर्ने।

८. अखिल नेपाल फुटबल संघका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षक लगायतले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखी कार्य गर्नु पर्ने।

९. विदेशी प्रशिक्षक अलमुताइरी र मेरो खेल अनलाइन पत्रिकाका पत्रकार विभा थापासँग भएको भनिएको विवाद समाधानका लागि आजका मितिले सात दिन भित्र एन्फा नेतृत्वले दवै पक्ष बोलाई समस्या समाधान गर्ने ।

१०. उल्लेखित विवादका कारण नेपाल र कतारबीचको मैत्रीपूर्ण सम्बन्धलाई समेत मध्यनजर गर्दै नेपाली फुटबलको विकास र विस्तारका लागि सम्बन्धित सबै पक्षहरुले आपसी विवाद एवं मनमुटावलाई आपसि समझदारी कायम गदी अगाडि बढ्न पर्ने देखिन्छ।

११. अब उप्रान्त एन्फामा कुनै समस्या वा विवाद सिर्जना भए, आफ्नै समाधान नसकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराइ अभिभावकिय संस्था राष्ट्रिय खेलकुद परिषदलाई अनुरोध गर्ने ।

बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.