काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ। सुनुवाइ १० वटा निवेदन र दुई मुद्दा पछि तोकिएको छ ।
Advertisement
चैत २२ गते सुनुवाइ ‘हेर्न नभ्याइने’ हुँदै स्थगित भएपछि पुनः आजलाई पेसी तोकिएको हो । त्यस्तै, चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, त्यतिखेर पनि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।
लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ । नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।