Advertisement
काठमाडौं- कांग्रेसको १४ औँ महाधिवेशन ९-१३ मंसिरमा हुने भएको छ । तल्ला तहका अधिवेशन भने १८ भदौदेखि सुरु हुने भएका छन् ।
यसअघि १६-१९ भदौमा महाधिवेशन गर्ने तालिका थियो । शनिबारको केन्द्रीय समिति बैठकले तल्ला तहका अधिवेशन र महाधिवेशनको मिति तय गरेको हो ।
नयाँ तालिकाअनुसार १८ भदौमा वडा तहका अधिवेशन हुने भएका छन् । क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति २ भदौ तय भएको छ ।
यस्तै, निर्वाचन निर्देशिका पनि २ भदौमै बुझाउने तालिका छ । १८ भदौमा वडा, २७ भदौमा गाउँ-नगरपालिका, १ असोजमा प्रदेश क्षेत्र ‘क’ र ‘ख’ र संघीय निर्वाचन क्षेत्रका अधिवेश ५ असोजमा गर्ने तय भएको छ ।
यसैगरी, जिल्ला अधिवेश १० असोज, प्रदेश अधिवेशन १०-१२ कात्तिक र महाधिवेशन ९-१३ मंसिरमा गर्ने केन्द्रीय समितिले निर्णय गरेको छ ।