• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अन्तिम समयमा यसरी विफल भयो भारतको महत्वपूर्ण एक स्याटेलाइट


बिहिबार, साउन २८, २०७८ मा प्रकाशित

काठमाडौं– भारतीय अंतरिक्ष अनुसन्धान संगठन (इसरो)ले १२ अगष्ट २०२१ को बिहान स्थानीय समय अनुसार पौने ६ बजे रकेटमार्फत् अर्थ अब्जरभेसन स्याटेलाइट–३ लन्च गर्यो । लन्चिङ सफल भए पनि रकेटको तेस्रो चरणमा पुग्दा आएको प्राविधिक गडबडीका कारण त्यसको सम्पर्क टुट्यो । अर्थात् स्याटेलाइट र त्यसको साथ क्रायोजेनिक इन्जिन अन्तरिक्षमा आफ्नो कक्षमा पुग्नुभन्दा अगाडि नै बेपत्ता भयो ।

Advertisement

इसरोले आफ्नो एक बयानमा यो मिशन असफल भएको जनाएको छ ।

बिहान श्रीहरि कोटाको सतिश धवन स्पेस सेन्टरको लन्च प्याडबाट जीएसएलभी–एफ१० रकेट सटिकपूर्वक उड्यो । दुई मिनेट उडेपछि पहिलो चरण अर्थात् रकेटको सबैभन्दा तल्लो भागमा जडान गरिएको स्ट्रेपअन बुस्टर्स २ मिनेट २८ सेकण्डपछि अलग भयो ।

रकेट तीव्र गतिका साथ अन्तरिक्षतर्फ गइरहेको थियो । त्यतिबेला रकेटको गति ९ हजार ६ सय ७९ किलोमिटर प्रतिघण्टा थियो ।

दोस्रो स्टेज अर्थात् जीएस–२ मा स्याटेलाइट अझै वेग (प्रतिघण्टा १३ हजार ७२९ किलोमिटर प्रतिघण्टा)को गतिमा आफ्नो लक्ष्यतर्फ उडिरहेको थियो । यसै समयमा स्याटेलाइटको माथितिर बनेको हिट शिल्ड अर्थात् रकेडको सबैभन्दा माथिल्लो हिस्साको कभर हट्यो ।

लन्चको करिब ४ मिनेट ५१ सेकेण्डपछि दोस्रो स्टेज बन्द भयो । त्यसको ४ सेकेण्डपछि दोस्रो स्टेज रकेटबाट अलग्गियो । यहाँसम्म त सबै ठिकठाक नै थियो । श्रीहरि कोटास्थित मिशन कन्ट्रोल रुममा वैज्ञानिकहरुले आ–आफ्नो कम्प्युटरमा ध्यान केन्द्रित गरिरहेका थिए । किनभने जबसम्म स्याटेलाइट आफ्नो लक्ष्यमा पुग्दैन तबसम्म डाटामा ध्यान दिनुपर्ने हुन्छ ।

वैज्ञानिकहरु यतिबेलासम्म त खुसी नै थिए । लन्चको करिब ४ मिनेट ५६ सेकेण्डपछि तेस्रो स्टेज जीएस–३ सुरु भयो । यो स्टेजलाई क्रायोजेनिक इन्जिन भनिन्छ । यही तेस्रो स्टेज सुरु हुनासाथ कन्ट्रोल रुपका वैज्ञानिकहरुबीच सन्नाटा छायो । किनभने अचानक मिशन कन्ट्रोल सेन्टरबाट त्यसको सम्पर्क टुट्यो । यद्यपि टेलिमेट्री स्क्रिनमा डाटा बेलाबेलामा आइरहेको थियो । त्यसैले कुनै अप्रिय घटना नहुने अलिकति आशा वैज्ञानिकहरुमा थियो ।

रकेट लन्च गरिएको करिब १८ मिनेट २४ सेकेन्डमा क्रायोनिक इन्जिन बन्द हुनुपर्थ्यो । यसको पाँच सेकेण्ड अर्थात् १८ मिनेट २९ सेकेण्डमा क्रायोनिक इन्जिन बर्नआउट हुनुपर्थ्यो, तर भएन ।

मिशन पूरा हुने अन्तिम समय १८ मिनेट ३९ सेकेण्डबीच इन्जिन र स्याटेलाइटबीचको सम्पर्क टुट्यो ।

यससँगै प्राकृतिक विपत्ति र मौसम सम्बन्धी रियल टाइमको जानकारी लिने भारतको उद्देश्य पूरा हुन सकेन । यतिमात्र होइन, यो स्याटेलाइटमार्फत् भारतको स्थल र जल सिमानामा निगरानी गर्न पनि सकिन्थ्यो । तर त्यस्तो हुन सकेन ।

बिहिबार, साउन २८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.