काठमाडौं– जुम एपले एक नयाँ फिचर सार्वजनिक गरेको छ । यो नयाँ फिचर फोकस मोड हो । अनलाइन कक्षा लिइरहेको बेला विद्यार्थीहरुको ध्यान भंग नहोस् र बढी ध्यान दिन सकियोस् भन्ने उद्देश्यले यो फिचर ल्याइएको हो ।
्
यो फिचरमार्फत् शिक्षकले विद्यार्थीको भिडियो र स्क्रिन शेयस हाइड गर्न सक्नेछन् । यो अवस्थामा विद्यार्थीहरुले उनका बाँकी साथीहरुले के गरिरहेका छन् भन्ने कुरा देख्न पाउने छैनन् । तर शिक्षकले भने उनका सबै विद्यार्थीहरुले के गरिरहेका छन् भनेर देख्न सक्नेछन् ।
जुमको फोकस मोडमार्फत् होस्टलाई यो पनि सहज हुने छ कि उनले चाहेको बेला सहभागीहरुलाई अरुलाई भिजिबल गराउन सक्नेछन् । अर्थात् कुनै भर्चुअल क्लासको बारेमा भन्ने हो भने शिक्षकसँग फोकस मोड अफ गरिदिने अधिकार रहन्छ ताकि कुनै टपिकमा विद्यार्थीहरुले छलफल गर्न सक्नेछन् ।
जुमले यो फोकस मोडमार्फत् भर्चुअल क्लास होस्ट गर्नेहरुलाई खुसी पार्न खोजेको बुझ्न सकिन्छ । यद्यपि यो फिचरको प्रयोग भर्चुअल कर्पोरेट मिटिङ्सको क्रममा पनि गर्न सकिने छ ।
फोकस मोड अन गर्नका लागि युजर्ससँग विन्डोज या म्याकमा जुम डेस्कटप क्लाइन्ट भर्सन हुनुपर्ने छ । अर्थात् यो फिचरको प्रयोग मोबाइलमा गर्न सकिने छैन ।