काठमाडौं- औषधि व्यवस्था विभागले आर्या फर्माल्याब प्रालिको एक औषधि बिक्रीमा रोक लगाएको छ । आज एक सूचना जारी गर्दै न्यून गुणस्तरको भएको भन्दै औषधि बिक्रीमा रोक लगाएको हो ।
Advertisement
साथै बजारमा रहेको सो ब्याचको औषधि तुरुन्त फिर्ता गर्न पनि भनेको छ। आर्या फर्माल्याबले उत्पादन गरेको अर्डोक्साइम ५० नामक सेफोडक्साइम सिरपको ब्याच नम्बर एसएडीडी८९००८ बिक्री वितरणमा विभागले रोक छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरीय भएको पाइएकाले बिक्री वितरण र सिफारिस नगर्न विभागले सूचित गरेको छ ।
