मेष- झमेला आइलाग्लान्। रोजगारीमा पनि अल्छीले सताउला। काममा अवरोध गर्नेहरू सक्रिय हुन सक्छन्। त्यसका बावजुद विशिष्ट व्यक्तित्वको साथबाट काम सम्पादन होलान्।
वृष- आज कामहरू फटाफट सम्पादन हुने दिन छ। घरमा भने पाहुनाले सताउलान्। कृषि र पशुपालन लाभदायक रहलान्। अध्ययन, अध्यापनमा खासै प्रगति हुने छैन।
मिथुन- आजको दिन आम्दानी बढ्न सक्छ। आतिथ्य सम्मान पाइने योग छ। पार्टीहरूमा सहभागी भई साथीभाइसँग रमाउन पाइने छ। उपहार पनि प्राप्त हुन सक्छ।
कर्कट- आज वैदेशिक काम नबन्न सक्छ। आम्दानीभन्दा खर्च बढी हुन सक्छ। कठिन परिस्थितिले सम्झौता गराउन सक्छ। वादविवादको पनि योग भएकाले बोल्दा विचार पुर्याउनु उत्तम हुनेछ।
सिंह- अकस्मात धनलाभको योग छ आज। साथीभाइको समर्थनले सोचेको काम बन्न सक्छ। व्यापार, व्यवसाय सन्तोषजनक रहलान्।
कन्या- आम्दानीका स्रोत बढ्ने योग छ। आकस्मिक धनलाभ पनि हुन सक्छ। दिन रमणीय रहने छ। अपेक्षाकृत काममा सफलता प्राप्त होला।
तुला- आजको दिन टाढाको रमणीय यात्रा हुन सक्छ। नयाँ ठाउँमा पुराना साथीभाइ भेटिँदा मन प्रफुल्लित रहला। आजको दिन मनोरञ्जनपूर्ण छ।
वृश्चिक- आजको दिन आर्थिक हानी हुने सम्भावना छ। खर्चमा नियन्त्रण जरुरी देखिएको छ। स्वास्थ्य कमजोर रहला।
धनु- सामाजिक मान सम्मान प्राप्त होला। तथापि, कामअनुसार जश पाउने सम्भावना कम छ। आजको दिन काम गर्नु, फलको आशा नगर्नु भनेझैं हुन सक्छ।
मकर- व्यापार, व्यवसाय फलिभूत रहलान्। स्वास्थ्य राम्रो रहने छ। सकारात्मक ऊर्जा प्राप्त हुनाले मन प्रफुल्लित रहला।
कुम्भ- आज काम गर्ने जोश, जाँगर बढेको छ। दीर्घकालीन योजनाहरू पूरा गर्न दत्तचित्त रहनु होला। आजको दिन व्यावसायिक काममा भने ठूलो सफलता हासिल नहुन सक्छ।
मीन- चोटपटक लाग्न सक्छ, स्वास्थ्य पनि बिग्रिने योग छ। वादविवादको योग भएकाले तौलिएर मात्र बोल्नु होला। छिमेकीसँग पनि सम्बन्ध खासै राम्रो नहोला।