• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !

राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत


    Avatar photo
शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित

नवनियुक्त अर्थमन्त्री डा प्रकाश शरण महतले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार हुने बताउनुभएको छ ।

Advertisement

मन्त्रालयमा कार्यभार सम्हाल्दै अर्थमन्त्री डा महतले अहिले तत्कालका लागि सबै क्षेत्रको मनोबल उकास्नु सरकारको पहिलो प्राथमिकता हुने बताउनुभयो । “हामीले आत्मविश्वास बढाउनुपर्नेछ । अहिलेको निराशालाई आशामा बदल्नु छ । त्यसका लागि मौद्रिक नीति र वित्त नीतिको समन्वयकारी भूमिका रहन्छ । नेपाल राष्ट्र बैंकलगायत सबै निकाय र कर्मचारीको सहयोग चाहिन्छ । हामी गर्न सक्छौँ (वी क्यान डु इट) भन्ने भावनाले काम गरौँ ।”, अर्थमन्त्री महतले भन्नुभयो । सकारात्मक आत्मविस्वास जगाउन सके अर्थतन्त्रमा विस्तारै सुधारका सङ्केत देखिने उहाँको विश्वास छ ।

लक्ष्यअनुसार राजस्व उठ्न नसकेको, सार्वजनिक खर्च बढिरहेको, लगानी खस्कँदै गएको, बाह्य क्षेत्र बिग्रिँदै गएको, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या रहेको उल्लेख गर्नुहुँदै उहाँले यस्ता समस्या समाधानका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयकारी भूमिका रहनुपर्ने बताउनुभयो ।

“अर्थ मन्त्रालय र राष्ट्र बैंकले समन्वयकारी भूमिकाबाटै समस्या समाधान गर्ने हो । हामीले नतिजामा आधारित भएर काम गरौँ । हाम्रो मूल्याङ्कन पनि त्यसरी नै हुन्छ । अहिले आफ्ना लागि सोच्नेभन्दा पनि देश र जनताका लागि सोच्नुपर्ने बेला छ ।”, अर्थमन्त्री महतले भन्नुभयो । अर्थ मन्त्रालय र राष्ट्र बैंक सक्रिय भएर मात्र नतिजा निकाल्न नसकिने बताउनुहुँदै उहाँले समग्र राज्य संयन्त्र नै एकाकार भएर लाग्नुपर्ने बताउनुभयो ।

मुलुकमा लगानीको वातावरण बिग्रँदै गएको र उत्पादनको लागत महँगो भएको उल्लेख गर्दै उहाँले त्यसलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । सार्वजनिक खर्चमा मितव्ययितासँगै योजना र कार्यक्रमको प्राथमिकीकरण गर्न पनि आवश्यक रहेको उहाँको भनाइ छ । सार्वजनिक खर्च कटौती गर्नुपर्ने र पुँजीगत खर्चमा पनि आवश्यकता निर्धारण गरेर बजेट खर्च व्यवस्थापन गर्नुपर्ने मन्त्री महतले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले राजस्व निकै कम छ । जहाँतही खर्च गर्ने नभइ आवश्यकताका आधारमा मात्रै खर्च निर्धारण गर्नुपर्नेछ । के अत्यन्त महत्वपूर्ण छ र बढी प्रतिफल दिन्छ भनेर आयोजना कार्यक्रमको प्राथमिकीकरण गर्नुपर्नेछ ।” अफ्ठ्यारोमा परेको परिवारले आफ्ना आवश्यकता निर्धारण गरेजस्तै अहिले मुलुकको अर्थतन्त्र अफ्ठ्यारोमा परेको बेला सरकारले पनि त्यहीअनुसार खर्चको प्राथमिकता निर्धारण गर्ने अर्थमन्त्री डा महतको भनाइ छ ।

राजस्व व्यवस्थापन अहिले अर्थतन्त्रको चुनौती रहेकाले त्यसलाई पनि गम्भीरताका साथ हेर्नुपर्ने उहाँले बताउनुभयो । भन्सार सीमा नाकाबाट भइरहेको चोरी पैठारी नियन्त्रण र अर्थतन्त्र चलायमान बनाएर करको दायरा विस्तार हुनसके लक्ष्यअनुसार राजस्व उठ्ने उहाँको भनाइ छ । “आर्थिक गतिविधि बढेसँगै राजस्व पनि बढ्छ । राजस्व अनावश्यक उठाएर करदातालाई बढी कर लगाउनभन्दा करको दायरा बढाउनेतर्फ हामी केन्द्रित हुन्छौँ । भन्सार नाकामा हुने चोरी पैठारी नियन्त्रणका लागि हाम्रा संयन्त्र परिचालन गर्न आवश्यक छ ।”, उहाँले भन्नुभयो । बाह्य क्षेत्रको असन्तुलन बढिरहँदा अन्तर्राष्ट्रिय द्विपक्षीय र बहुपक्षीय विकास साझेदारसँग पनि पर्याप्त छलफल र समन्वय गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुहुँदै अर्थमन्त्री महतले सकारात्मक ऊर्जाका साथ नतिजामुखी काममा लाग्न बताउनुभयो । “अर्थतन्त्र सुधारका लागि म एक्लैले मात्र केही गर्नसक्ने होइन । सबै निकायको भूमिका उत्तिकै जिम्मेवार छ । हामी सम्पूर्ण शक्ति लगाउँछौँ । सबैको साथ चाहिन्छ ।” उहाँले भन्नुभयो ।

शुक्रबार, चैत १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !
राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल
दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : ४६ हजार वर्षपछि पुनर्जीवन !

  • ३.
    राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ४.
    सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

  • ५.
    दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

  • ६.
    कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • ७.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ८.
    पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.