मेष- नयाँ काम थाल्ने समय छ। सामाजिक काममा सहभागी हुनुपर्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।
वृष- धन लाभ हुनेछ। पारिवारिक विवादमा परिएला। खानपानमा विशेष सतर्क रहनु राम्रो हुनेछ।
मिथुन- गरेका काममा ढिलासुस्ती हुनेछ। आर्थिक नोक्सानी हुनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर बन्नेछ।
कर्कट आर्थिक कारोबार नगर्दा राम्रो। परिश्रमअनुसारको उपलब्धी पाइएला। चिताएको काममा सफलता मिल्नेछ।
सिंह- प्रयास गरेको क्षेत्रमा प्रगतिको प्रशस्त सम्भावना छ। धन लाभ हुनेछ। टाढिएका साथीसँगको भेटघाटले मन रमाउने छ।
कन्या- लाभदायक यात्राको योग छ। सामाजिक सम्मान पाइनेछ। आजको दिन मध्यम छ।
तुला- बढी खर्च हुनेछ। काममा मन जाने छैन। कुनै कुराले मनमा उत्साह रहला।
वृश्चिक- प्रेमसम्बन्धका कारण मानसिक तनाव बढ्नेछ। सोचेको काम नहुन सक्छ। आफन्तको सहयोग मिल्नेछ।
धनु- पढाइलेखाइमा खासै प्रगति देखिँदैन। पैसा कमाउने योग छ। व्यापार व्यवसायबाट फाइदा हुनेछ।
मकर- गरेका कामहरू सफल हुनेछन्। धन खर्च होला। नयाँ कामको थालनी गर्न शुभ समय छ।
कुम्भ- झैझगडाको सम्भावना छ। मनमुटाव हुनेछ। समयमा निर्णय नहुँदा काममा अवरोध आउनेछ।
मीन- धन लाभ हुनेछ। नोकरीमा वर्चस्व बढाउन सकिनेछ। आजको दिन शुभ छ।