भैरहवा- रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी घूस रकमसहित पक्राउ परेका छन्।
Advertisement
उनीसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीले पक्राउ गरेको छ।
गाउँपालिका कार्यालयको चमेना गृहमा मरासिनी, सोही गाउँपालिका–७ का वडाध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। ५० हजार नगदसहित १ लाख र २ लाखको चेक गरी ३ लाख ५० हजार लेनदेन हुँदै गरेका बेला उनीहरूलाई अख्तियारले नियन्त्रणमा लिएको शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवालीले जानकारी दिइन्।
सरुवा भएर गाउँपालिकामा आएको १ महिना नपुग्दै प्रमुख प्रशासकीय अधिकृत मरासिनी घूससहित पक्राउ परेका हुन्। आरोपित व्यक्तिहरू गाउँपालिकामा रहेको नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुसखोरीमा संलग्न भएका हुन्।