• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

वडा कार्यालयले हडप्यो विश्‍व हिन्दू महासंघको जग्गा, तत्काल रोक्न अदालतको आदेश


बुधबार, साउन २०, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- काठमाडौं महानगरपालिका ३ नम्बर वडा कार्यालयले विश्व हिन्दू महासंघको नाममा रहेको जग्गा अतिक्रमण गरेको छ।

महासंघको कार्यालय भवनमै क्षति पुग्ने गरी वडा कार्यालयले तीन दिनयता डोजर लगाएर अतिक्रमण गरिरहेको छ। वडा कार्यालयले दमकल राख्ने ठाउँ निर्माण गर्न भन्दै महासंघको जमिनमा डोजर लगाएको हो।

भवनको पछाडिपट्टि गहिरो गरी डोजरमार्फत खनिएका कारण भवन जोखिममा परेको महासंघकी महासचिव अस्मिता भण्डारीले बताइन्।

तत्काल काम रोक्न उच्च अदालत पाटनले बुधबार दिएको आदेश

३० भदौ ०६२ को मन्त्रिपरिषद् बैठकबाट नेपाली सेनाको नाममा रहेको कित्ता नम्बर ५०६ को जग्गामध्येबाट आठ आना जग्गा महासंघको भवन निर्माणका लागि छुट्याइएको थियो।

कार्यालयको पूर्वतर्फको २२ रोपनी जग्गासमेत महासंघको नै नाममा भोगाधिकार छ। उक्त जग्गा मन्त्रिपरिषद्को १७ वैशाख ०५९ को निर्णयअनुसार महासंघले प्राप्त गरेको हो। नेपाल सरकारको स्वामित्त्वमा रहने गरी महासंघले उक्त जग्गा प्राप्त गरेको हो। सोही जग्गा कब्जा गर्ने उद्देश्यले वडा नम्बर ३ ले डोजर लगाइरहेको महासंघले जनाएको छ।

कोभिड-१९ महामारीका बेला कार्यालय बन्द रहेको, कर्मचारीहरू बिदामा रहेको र पदाधिकारीहरू देशबाहिर रहेको मौका छोपी वडा कार्यालयले इँटा र रडसमेत जम्मा पारी धमाधम डोजर लगाइरहेको छ।

महासंघको भवनको दक्षिणतर्फ जोडिएको नेपाली सेनाको करिब दुई रोपनी जग्गा छ। महासंघको जग्गामा डोजर लगाउन वडा कार्यालयले महासंघलाई जानकारीसमेत दिएको छैन।

‘वडा नम्बर ३ ले महासंघलाई कुनै जानकारी नै नदिई महासंघको कार्यालयलाई नै क्षति पुग्ने गरी कुनै साँध सिमानासमेत यकिन नगरी बाढी पहिरो र वर्षात्को समयमा अनावश्यक दुःख र हैरानी दिएको छ,’ महासचिव भण्डारीले भनिन्, ‘मन्त्रिपरिषद्को निर्णयबाट महासंघले प्राप्त गरेको जग्गा राजनीतिक बल र शक्तिको आडमा हडप्न खोजी विश्व हिन्दू महासंघलाई ठूलो अन्यायमा पारेको छ।’

२५ पुस ०६० मा रक्षा मन्त्रालयले विश्व हिन्दू महासंघलाई जग्गाको भोगचलन गर्न दिएको पत्र

उनका अनुसार तत्काल उक्त कार्य रोक्न महासंघले दायर गरेको रिटमा बुधबार उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतले वडा कार्यालयलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ। यस्तै, २७ साउनमा दुवै पक्षलाई अदालतले छलफलका लागि बोलाएको छ।

महासंघले गत १३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई लिखित निवेदन पेश गर्दै वडा कार्यालयको उक्त काम तत्काल रोक लगाई दोषीउपर कारवाही गर्न माग गरेको छ।

वडाध्यक्षमाथि कारवाही माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई महासंघले दिएको निवेदन
जग्गाको लालपूर्जा

बुधबार, साउन २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.