मेष- विभिन्न चुनौतिहरूसँग सम्झौता गर्नु पर्ला। साथीभाइको सहयोगले महत्त्वपूर्ण काम बन्न सक्छ। अलमलमा नलाग्नु होला। अन्यथा, महत्त्वपूर्ण योजना तुहिन सक्छ।
वृष- पुरानो रोग बल्झिन सक्छ। रोकिएका काम फटाफट सम्पादन होलान्। आम्दानीका स्रोत बढ्ने दिन छ। स्वास्थ्य राम्रो नहुन सक्छ। तर, पराक्रम बढ्ने समय छ।
मिथुन- बौद्धिकता बढ्ने समय छ। विभिन्न समस्याबाट आजको दिन पार पाउनु होला। टाढाको यात्रा नगर्नु नै ठीक हुनेछ। कारण- त्यसले खर्च मात्र बढाउने छ।
कर्कट- दीर्घकालीन योजना अगाडि बढाउने समय छ। आम्दानी सामान्य रहने छ। वैदेशिक यात्राको योजना बन्न सक्छ। नयाँ काम पनि पाइन सक्छ।
सिंह- आजको दिन दुश्मनहरूबाट सहजै विजयश्री प्राप्त होला। प्रतिस्पर्धात्मक काममा लाभको योग छ। दाम्पत्य जीवनमा भने अविश्वास उत्पन्न हुन सक्छ।
कन्या- आर्थिक कारोबारमा विवाद बढ्न सक्ने भएकाले सजग रहनु होला। मान, प्रतिष्ठामा हानी पुग्न सक्छ। रोकिएका कामहरू भने सहजै सम्पन्न होलान्।
तुला- धार्मिक कार्यमा मन जानेछ। सामाजिक गतिविधिले प्रतिष्ठा दिलाउला। साथीभाइ र इष्टमित्रको राम्रो सहयोग प्राप्त होला। नयाँ जिम्मेवारी प्राप्त हुँदा मन हर्षित रहला।
वृश्चिक- वैदेशिक बसाइँ सराइको योजना सहजै सफल होला। टाढिएका दम्पत्तिको पुनर्मिलन होला। मिहिनेती स्वभावले आजको दिन कीर्तिमान दिलाउन सक्छ।
धनु- मान, प्रतिष्ठा प्राप्त होला। निर्णय क्षमता नहुँदा बनिसकेको काम बिग्रिन सक्छ। सही समयमा सही निर्णय लिन सक्नुभयो भने कीर्तिमानी काम सम्पन्न हुन सक्छ।
मकर- अप्ठ्यारा परिस्थितिले अनावश्यक ठाउँमा सम्झौता गराउन सक्छन्। अध्ययन, अध्यापनमा प्रगति होला। झैझगडाको योग भएकाले सतर्कता अपनाउनु होला।
कुम्भ- आफ्ना दीर्घकालीन योजनाहरू गोप्य राख्नु होला। आशा मारिसकेको काम बन्दा मन प्रफुल्लित रहला। वादविवाद हुन सक्ने भएकाले बोल्दा विचार पुर्याउनु होला।
मीन- आजको दिन सोचेजस्तै आम्दानी गर्न सकिएला। तथापि, लगनशीलतामा ध्यान नपुर्याउँदा आलोचनाको सामना गर्नुपर्ने हुन सक्छ। साझेदारी व्यवसायले लाभ दिलाउन सक्छ।