• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

कांग्रेसमा क्रियाशील छानविनको काम रोकियो, कारवाही नभएसम्म काम नगर्ने अडान


शनिबार, साउन ०२, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- क्रियाशील सदस्यता छानविनको विषयलाई लिएर केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि हातपात भएपछि कांग्रेसको क्रियाशील सदस्यता छानविनको काम रोकिएको छ। शुक्रबार समितिका सदस्यसमेत रहेका नेता घिमिरेबाट सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलगायतले गालीगलौज र दुर्व्यवहार गरेका थिए।

छानविन समितिले सो घटनालाई लिएर त्यसपछि छानविनका सबै काम रोकेको छ। घटनाका दोषीलाई कारवाही नभएसम्म क्रियाशील छानविनको कामै नगर्ने समितिको अडानपछि कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार अपराह्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएर सो विषयलाई समाधानको प्रयास गरेका छन् । तर, शनिबार साँझसम्म पनि छानविन समितिले काम सूरु गरेको छैन।

‘दोषीलाई कारवाही नभएसम्म हामी काम गर्दैनौँ। हामी रातदिन खटिएर काम गर्ने, अन्ततः हाम्रै जीवन जोखिममा पर्ने कुरा सामान्य हुनै सक्दैन,’ छानविन समितिका एक सदस्यले भने।

शुक्रबारको घटनापछि छानविन समितिले तत्कालै काम रोकेको, तर बाहिर हल्ला नगरेको स्रोतको दाबी छ। छानविन समितिले पार्टीको महाधिवेशन प्रभावित हुने सन्देश नजाओस् भनेर बाहिर हल्ला नगरे पनि पार्टीका नेताहरूलाई भने छानविन समितिमाथि भएको हातपातको घटनामा छानविन गरी दोषीलाई कारवाही नभएसम्म काम अघि नबढाउने चेतावनी दिएको थियो।

शुक्रबार बालुवाटारमा पदाधिकारी बैठक चलिरहेकै बेला गौशालास्थित नेपाल-भारत मैत्री धर्मशालामा केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण भयो। त्यसबारे बैठकमा छलफल भए पनि ठोस निर्णय भएन। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर निन्दा व्यक्त गर्दै त्यस्तो अनैतिक कार्य स्वीकार्य नहुने बताए। तर, छानविन समिति सदस्यहरूले पार्टीको जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रीय सदस्यको ज्यानै जोखिममा पर्ने गरी देखिएका घटनालाई लिएर सिरियस नभएको भन्दै कारवाही नभएसम्म काम रोक्ने अडान लिएपछि देउवाले आकस्मिक बैठक बोलाएका थिए।

बालुवाटारमा बसेको बैठकले घिमिरेमाथि भएको हातपातका विषयमा छानविन गरी दोषीउपर कारवाहीका लागि अनुशासन समितिलाई निर्देशन दिएको छ। घिमिरेमाथि आक्रमण गर्नेमध्ये सिन्धुपाल्चोकको क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेतसमेत छन्। बैठकले २४ घण्टाभित्र स्पष्टीकरण लिएर पार्टी विधानबमोजिम तीन दिनभित्र कारवाहीको टुंगो लगाउन अनुशासन समितिलाई निर्देशन दिएको छ।

शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.