• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

मल्लकालीन फल्चा, पली र सत्तल


आइतबार, असार ०६, २०७८ मा प्रकाशित

काठमाडौं- सोह्रखुट्टेबाट नयाँ बजारतिर लाग्ने ओरालोमा एउटा पाटी पुनर्निर्माणको क्रममा छ। त्यो हो ‘मण्ड फलिचा’। नेवार समुदायको वास्तुमा आधारित यस्ता पाटीलाई नेपाल भाषामा ‘फलिचा’ वा ‘फलेचा’ भनिन्छ। जुन अपभ्रंश हुँदै ‘फल्चा’ भएको हो। नेपाल भाषामा ‘फल’ को अर्थ ‘पेटी’ हुन्छ। काठबाट बनेको बस्नयोग्य पेटीलाई ‘फल्चा’ भनिएको हो।

Advertisement

मण्ड फल्चाको इतिहास दुई सय वर्ष पुरानो रहेको इतिहासकारहरू बताउँछन्। थोरै स्थान ओगट्ने यस्ता फल्चाले थकित मानिसलाई विश्रामको सुविधा दिन्छन्। करिब पाँच वर्षअघि ट्राफिक न्यूनीकरणका लागि सडक विस्तार गर्नुपर्ने कारण देखाउँदै मण्ड फल्चा हटाउने निर्णय भएको थियो। जनस्तरबाट विरोध भएपछि पुनर्निर्माण सुरु भएको छ।

इतिहासविद्हरूका अनुसार ‘सोह्रखुट्टे’ नाम रहनुमा मण्ड फल्चाकै भूमिका छ। यसका १६ वटा खम्बा भएकै कारण ‘सोह्रखुट्टे’ भनिएको हो। मल्लकालमा कान्तिपुर, पाटन र भक्तपुर गरी उपत्यकाका तीनै सहर सांस्कृतिक सम्पदाले भरिपूर्ण र विकसित थिए। सडक, धारा र पोखरीसँगै फल्चा पनि आकर्षणको अर्को केन्द्र थिए, जुन दोबाटो, चौबाटो, मुख्य सडकका छेउछाउ, मठमन्दिर र मूलचोकमा बनाइन्थे।

भक्तपुर नगर प्रवेश गरिने मूलढोका, च्याम्हासिंह, सूर्यविनायक, डेकोचाजस्ता स्थान पुग्नेबित्तिकै ठाउँ-ठाउँमा फल्चा देखिन थाल्छन्। नगरभित्र अझ बढी फल्चा छन्। यी फल्चा १६औं-१७औँ शताब्दीदेखि निर्माण हुन थालेको संस्कृतिविद् ओम धौभडेल बताउँछन्।

च्याम्हासिंहस्थित सूर्यमढीमा वाकुपति नारायण मन्दिर छ। उक्त मन्दिर फल्चाका कारण प्रसिद्ध छ। दलिन र थाममा कुँदिएका आकृतिका कारण यहाँका फल्चा अन्य स्थानका भन्दा फरक छन्। यौन आसन र सम्भोगका आकृति यहाँका फल्चामा कुँदिएका छन्। ‘यस्ता बुट्टा थकान मार्न बसेकालाई क्षणिक मनोरञ्जन दिने उद्देश्यले बनाइएको हो,’ संस्कृतिविद् धौभडेल भन्छन्, ‘फल्चाको छानामा बेरिने झल्लरलाई शुद्धताको प्रतीक मानिन्छ। बतास चल्दा झल्लर हावाको बेगमा उड्छ। यस्ता दृश्यले सौन्दर्य बढाउँछ।’

भक्तपुर नगर प्रवेश गर्ने मूलढोका, च्याम्हासिंह, सूर्यविनायक, डेकोचाजस्ता स्थान पुग्नेबित्तिकै ठाउँ-ठाउँमा फल्चा देखिन थाल्छन् । यी १६औँ-१७औँ शताब्दीदेखि निर्माण हुन थालेको संस्कृतिविद् ओम धौभडेल बताउँछन् ।

उनका अनुसार टाढाका यात्री तथा गाउँबाट सहर आएकाहरूका लागि विश्राम गृहको रूपमा फल्चालाई लिइन्थ्यो। मन भुलाउन टाढा जान नसकेका वृद्धवृद्धाको जम्काभेट गर्ने स्थान पनि फल्चा नै थिए। फल्चासँगै ढुंगेधारा हुनु अर्को विशेषता हो। ‘फल्चालाई आराम गृहसँगै पानी र हावाहुरीबाट बचाउने सुरक्षित स्थानको रूपमा प्रयोग गरिन्थ्यो,’ धौभडेल भन्छन्, ‘फल्चाको निर्माण राजा-महाराजाले नभएर प्रजाले नै गर्ने गर्थे।’ आफ्नै जग्गामा फल्चा बनाउने चलन मल्लकालदेखि चलेको उनको भनाइ छ।

विज्ञहरूका अनुसार जुन दाताको सहयोगमा फल्चा निर्माण भएको हो, उनैका सन्तानले तिनको जगेर्ना गर्नुपर्ने नियम थियो। यद्यपि, त्यो नियम लामो समय टिकेन। हाल भक्तपुर क्षेत्रका अधिकांश फल्चाको निर्माण तथा पुनर्निर्माण नगरपालिकाले गर्दै आएको छ। ‘भूकम्पका कारण जीर्ण बनेका सबै २०-२५ वटा फल्चा पुनर्निर्माण भइसके,’ भक्तपुर नगरपालिका सम्पदा शाखाका प्रमुख रामगोपाल श्रेष्ठ भन्छन्।

फल्चाकै अवधारणामा बनेका अन्य दुई संरचना हुन्- पली र सत्तल। नगरकोट र चाँगुनारायणका ग्रामीण इलाका र फाँटमा छाना र पर्खालले घेरिएका साना घर अझै पनि फाट्टफुट्ट देख्न सकिन्छ, जसलाई पली भनिन्छ। फल्चा तीनतिरबाटै खुला हुने भए पनि यस्ता घरको भुइँतलामा ढोका तथा पर्खालले घेरिएको हुन्छ। प्रमुख पेसा कृषि भएको समयमा किसानले आफ्नै खेतको एक भागमा पली बनाउँथे।

खेतीपातीको कामले घर जान नसक्ने अवस्थामा यस्ता पलीमा वास बस्ने चलन थियो। यस्तै, लामो र सुरिलो फल्चालाई सत्तल भनिन्छ। यो फल्चा र पलीभन्दा एक तला बढी हुन्छ। संस्कृतिविद् धौभडेलका अनुसार झ्याल-ढोका भएका सत्तल टाढाबाट वास बस्न आउनेका लागि सुरक्षित स्थान थिए।

आइतबार, असार ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.