• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

प्रजातन्त्र सेनानी गोवर्धन पोखरेलका माइला छोरा बने गण्डकीका नयाँ मुख्यमन्त्री


शनिबार, जेठ २९, २०७८ मा प्रकाशित

काठमाडौं- गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली प्रजातन्त्र सेनानी गोवर्धन पोखरेलका माइला छोरा हुन्।

Advertisement

उनी २००६ सालमा तनहुँ (हाल व्यास नगरपालिका–११) मा जन्मेका हुन्। उनका पिता गोवर्धन पोखरेल कांग्रेस तनहुँका संस्थापक नेता हुन्। राणा शासनविरुद्ध आन्दोलनमा लागेकाले उनको परिवारको सर्वश्व हरण भएको थियो।

गत आम निर्वाचनमा उनी नवलपरासी-१ ‘क’बाट निर्वाचित भएका थिए। ०४८ सालपछि झण्डै दुई दशक उनी नवलपरासी कांग्रेसका सभापति भएका थिए। त्यसपछि गण्डकी प्रदेशभामा कांग्रेस संसदीय दलको नेता भएका थिए।

१२ औँ महाधिवेशनबाट उनी कांग्रेस केन्द्रीय सदस्य पनि निर्वाचित भएका थिए।

उनका दाइ रामचन्द्र पोखरेल कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव पनि भएका थिए। उनका भाइ जगदीशचन्द्र पोखरेल राष्टिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। कान्छा भाइ सुवासचन्द्र पोखरेल भने अमेरिकामा बस्छन्।

उनी कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका दुई, जनमोर्चाका दुई र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। उक्त विपक्षी गठबन्धनले शुक्रबार नै प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष नयाँ सरकार गठनको प्रस्ताव गरेको थियो।

शनिबार अन्तिम समयमा आएर निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि आफूले सरकार बनाउने दाबी पेश गरेका थिए। तर, उनको दाबी प्रदेश प्रमुख कार्यालयमा दर्ता नै भएन। उनको दाबीलगत्तै विपक्षी गठबन्धनका ३१ जना सांसद नै प्रदेश प्रमुख निवास अघिल्तिर धर्नामा बसेका थिए।

माओवादी केन्द्र, जसपा र स्वतन्त्र सांसद गुरुङलाई समेटेर मन्त्रिमण्डल गठनको तयारी भइरहेको छ। जनमोर्चाले भने सरकारबाहिरै रहने बताएको छ।

शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.