• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

सरकारी तथ्यांकका विरोधाभास : औद्योगिक सम्भाव्यतामा अगाडि प्रदेश २ लगानीमा किन पछाडि ?


शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित

वीरगञ्ज । मुख्य व्यापारिक नाका र औद्योगिक कोरिडोरलाई समेटेको प्रदेश २ औद्योगिक लगानीमा भने पिछडिएको सरकारी तथ्यांकले देखाएको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७/७८ ले प्रदेश २ लाई उद्योग र औद्योगिक लगानीमा निकै पछाडि देखाएको हो ।

Advertisement

सर्वेक्षणलाई आधार मान्ने हो भने औद्योगिक लगानीमा प्रदेश २ भौगोलिक र भौतिक रूपले विकट मानिएको कर्णाली प्रदेशभन्दा पनि पिछडिएको देखिन्छ । निजीक्षेत्र भने सरकारी तथ्यांकमा विश्वस्त छैन । आर्थिक सर्वेक्षणको तथ्यांक तथ्यमा आधारित नरहेको दाबी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठको छ ।

आयातनिर्यात व्यापारको परिमाणमा हिसाबले प्रमुख नाका वीरगञ्ज २ नम्बर प्रदेशमै पर्छ । भारतीय समुद्री बन्दरगाहसँग निकट र देशको मध्यभागमा रहनुले वीरगञ्जमा कच्चा पदार्थ र तयारी वस्तुको ढुवानी पनि सहज छ ।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर सबैभन्दा ठूलो औद्योगिक केन्द्र मनिन्छ । तर, आर्थिक सर्वेक्षण हेर्दा प्रदेश २ मा औद्योगिक लगानीको परिमाण पुछारबाट दोस्रोमा देखिन्छ । यो प्रदेशले औद्योगिक लगानीमा सुदूरपश्चिमलाई मात्र पछि पारेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांक आर्थिक सर्वेक्षणमा समावेश गरिएको छ । तथ्यांकअनुसार प्रदेश २ मा कुल औद्योगिक लगानी १ खर्ब १९ अर्ब रुपैयाँ छ । कर्णाली प्रदेशमा यस्तो लगानी १ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको देखिन्छ । तर, प्रदेश २ मा उद्योग दर्ता संख्या ५६४ हुँदा कर्णालीमा ७८ मात्रै छ ।

उद्योगको संख्यामा समेत प्रदेश २ पाँचौ स्थानमा छ भने कर्णाली अन्तिममा छ । घरेलु तथा साना उद्योगको संख्यामा प्रदेश २ तेस्रो स्थानमा छ । कुल २२ खर्ब ४५ अर्ब रुपैयाँ औद्योगिक लगानीमा ८ खर्ब २२ अर्बसहित वाग्मती प्रदेश सबैभन्दा अगाडि छ । सुदूरपश्चिममा सबैभन्दा कम ३९ अर्ब रुपैयाँ लगानी भएको देखिन्छ ।

उद्योग विभागमा दर्ता ८ हजार ३८४ उद्योगमध्ये वाग्मतीमा सबैभन्दा बढी ५ हजार ४५० उद्योग छन् । तर, केन्द्रीय तथ्यांक विभागले २०७५ मा गरेको प्रथम आर्थिक गणनाको प्रतिदेनले फरक तथ्यांक देखाउँछ । प्रदेश २ मा १२ हजार ६५४ ओटा औद्योगिक उत्पादनमूलक प्रतिष्ठान रहेको आर्थिक गणनामा उल्लेख छ । जब कि, कर्णालीमा यस्ता प्रतिष्ठानको संख्या ४ हजार ४२८ देखाइएको छ ।

आर्थिक गणनाअनुसार देशभरिका कुल ९ लाख २२ हजार ४४५ औद्योगिक र व्यापारिक प्रतिष्ठानमध्ये प्रदेश २ मा १३ प्रतिशत र कर्णालीमा ५ प्रतिशत छन् । यस्ता प्रतिष्ठान २ नम्बर प्रदेशमा १ लाख १७ हजार ५८८ ओटा छन् ।

आर्थिक गणनाले कर्णालीमा यो संख्या ४२ हजार ८१७ फेला पारेको छ । सबैभन्दा बढी संख्या २ लाख ८२ हजार ५६ (३० प्रतिशत) वाग्मती प्रदेशमा छन् ।

सरकारी तथ्यांकमा देखिने विरोधाभासले यसको विश्वसनीयतामा आशंका बढ्दै गएको उद्यमी एवम् विश्लेषक जगदीशप्रसाद अग्रवाल बताउँछन् ।

‘बेग्लाबेग्लै अध्ययनले फरकफरक तथ्यांक निकाल्छन् । यस्ता तथ्यांक भरपर्दो नहुँदा नीति निर्माणमा प्रतिकूल प्रभाव परिरहेको हुन्छ,’ अग्रवालले भने ।

सरकारी अध्ययन र सर्वेक्षणहरू सजिलै प्राप्त हुने तथ्यांकमा भर पर्दा सतही हुने गरेको अध्यक्ष लाठ बताउँछन् । ‘भौगोलिक सहजता र भौतिक पूर्वाधारसहितको सबैभन्दा ठूलो औद्योगिक कोरिडोर वीरगञ्जमा छ । उद्योग र लगानी अन्त बढी हुन सक्दैन । तथ्यमा आधारित सर्वेक्षणको खाँचो छ,’ उनले भने ।

उद्योग दर्ता र लगानी परिमाणको तथ्यांकभन्दा उत्पादनको परिमाण कहाँ बढी छ भनेर केलाउँदा तथ्यनजिक पुग्न सकिने तर्क उद्यमी अग्रवालको छ ।आर्थिक अभियान

शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.