• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

युएईबाट समस्यामा परेका नेपाली भन्छन्- स्वदेश फर्कन पाऊँ


आइतबार, जेठ १६, २०७८ मा प्रकाशित

दुबई- नेपालमा बढ्दै गइरहेको कोरोना महामारीको कारण युएई र नेपालबीच हवाई आवागमन बन्द भएपछि देश फर्कन नपाएर युएईमा अलपत्र परेका नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। विभिन्न रोजगारीमा आएका र रोजगारी गुमाएका, भिजिट भिसामा आएका, कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको संख्या बढ्दो छ।

Advertisement

हवाई आवागमन बन्द भएका कारण देश फर्कन नपाउँदा उनीहरूको भिसा सकिएर ओभर स्टे हुने र सोबापत दिन प्रतिदिन युएईको कानुनअनुसार जरिवाना पनि बढ्दै जाने हुँदा नेपाली समस्यामा परेका छन्। कति नेपाली कोरोनाका कारण देशमा भएको भयावहमा आफन्तहरू गुमाउनुपर्दा, घरमा समस्या हुँदा चाहेर पनि नेपाल जान पाएका छैनन्।

हवाई आवागमन बन्द भएपछि नेपाल फर्कन नपाएका र विभिन्न कारणले युएईमा समस्यामा परेका नेपालीलाई एनआरएन युएईले आश्रय दिएको छ। एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदअन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा सञ्चालित राहत तथा उद्दार परियोजनाअन्तर्गत एनआरएन युएईले अहिले ६३ जना नेपालीलाई आश्रयदिइरहेको छ। विभिन्न रोजगारीमा आएका र रोजगारी गुमाएका, भिजिट भिसामा आएका, कम्पनी बन्द भएर अलपत्र परेका नेपाली आश्रय स्थलमा रहेका छन्। उक्त आश्रय स्थलमा पाँचजना महिला र बाँकी पुरुष छन्।

दुईजना तलबी स्वयंसेवक राखेर एनआरएनले समस्यामा परेका नेपालीका युएईमा गर्नुपर्ने कानुनी प्रक्रियामा सहजीकरण गर्ने दूतावाससँग समन्वय गर्ने गरेको एनआरएन युएईका कार्यबाहक अध्यक्ष निरञ्जन सिलवालले बताए। उनले आश्रयस्थलमा रहेको ६३ जना नेपालीमध्ये करिब ३० जनाको सम्पूर्ण कानुनी प्रक्रिया सकेर नेपाल फर्कन तयार रहेको तर हवाई यातायात बन्द भएका कारण उनीहरू फर्कन नसकेको बताए। उनले बाँकी व्यक्तिहरूको पनि काजगी प्रक्रिया सुरु भएको र उडान सुरु भए नेपाल फर्कन सक्ने बताए।

पर्वत जिल्ला ठूली पोखरीका सूर्यप्रसाद गौतम तीन वर्ष पहिले युएई आएका हुन्। एक क्याफेमा कामदार भिसामा युएई आएका उनी दुई वर्षसम्म उक्त क्याफेमा काम गरेपछि कम्पनी बन्द भएको थियो त्यसपछि उनी विना भिसा युएईमा आफैैँले काम खोजेर केही समय काम गरे। उनी एक वर्षदेखि विनाभिसा युएईमा छन्। पासपोर्ट पनि साथमा छैन। एनआरएन युएईको आश्रयमा आएर बसेका उनी कानुनी प्रक्रिया सकेर नेपाल फर्कन चाहन्छन्, तर उडान बन्द छ। उनी भन्छन्, ‘हरेक दिन जरिवाना बढिरहेको छ उडान खुले नेपाल कहिले पुग्न पाइन्छ भन्ने आशा छ।’

आइतबार, जेठ १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.