काठमाडौं- सशस्त्र प्रहरी र व्यास गाउँपालिकाका जनप्रतिनिधिले कालापानी क्षेत्रको संयुक्त अनुगमन गरेका छन्।
Advertisement
शनिबार छांगरुदेखि कालापानी क्षेत्रको अनुगमन गरेको व्यास-१ का वडाध्यक्ष अशोक बोहराले जानकारी दिए।
बोहराले भने, ‘सीमा क्षेत्र र घोडेटो बाटो आयोजनाको सँगसँगै अनुगमन गरेका हौं।’
सशस्त्र प्रहरीको नेतृत्व ५० नम्बर गुल्मका गुल्मपति धीरेन्द्र शाहले गरेका थिए।
नेपालले लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गरे पनि नक्साभित्रको नाबी, गुन्जी, कालापानीलगायत क्षेत्रमा भारतले आफ्नो सुरक्षाकर्मी राखेको छ।