• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

‘पढाइ कुना’ले सुधार्दै सिकाइ स्तर


शनिबार, फागुन २०, २०७९ मा प्रकाशित

बर्दिया- बर्दियाको ठाकुरबाबा नगरपालिका–२ निवासी प्रकृति थारूको पढ्ने बानीमा अहिले धेरै परिवर्तन आएको छ । स्थानीय ज्ञानोदय आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत प्रकृतिको विद्यालयमा ध्यान दिएर पढ्ने भए पनि घरमा पढ्ने बानी पटक्कै थिएन । अहिले घरमा ‘पढाइ कुना’ बनाएपछि प्रकृतिको पढ्ने बानी र व्यवहारमा परिवर्तन आएको हो ।

Advertisement

प्रकृतिको घरमा अहिले एक कोठालाई विभिन्न शैक्षिक सामग्री टाँसेर सिकाइमैत्री कोठा अर्थात् पढाइ कुना बनाइएको छ । प्रकृतिको पढाइ कुनामा कापी, कलम, पोसाक राख्ने ठाउँ छ । विद्यालयबाट घर फर्केपछि प्रकृतिले झोला र विद्यालय पोसाक व्यवस्थित तरिकाले राख्ने गरेको आमा आरती थारूले बताइन् । “पहिले घरमा पढ्ने बानी थिएन, पढाइ कुना बनाएपछि छोरीको घरमै पढ्ने बानी परेको छ”, आरतीले भनिन्, “हामीलाई यस्तो पढाइ कुना भन्ने थाहा थिएन, सरहरुले सिकाएर बनाउन लगाउनुभयो, अहिले धेरै राम्रो भएको छ ।”

गेरुवा गाउँपालिका–५ बर्दिया निवासी आइसा थारू हरेक दिन विद्यालयबाट घर फर्किएपछि सरासर पढाइ कुना भएकै कोठामा गएर गृहकार्य गर्न सुरु गर्छिन् । उनी त्यही कोठामा पढ्छिन् । “पहिले घरमा पढाइ कुना नहुँदा नियमित पढ्ने बानी थिएन, आजभोलि नियमित पढ्न मन लाग्छ”, आइसा भन्छिन्, “पढाइ कुना बनाइएको कोठामा जाउँ जाउँ लाग्छ, पढौँ पढौँ लाग्छ, पहिले घरमा पढ्नै मन लाग्दैन्थ्यो, विद्यालयमा मात्रै पढ्ने हो जस्तो लाग्थ्यो, अहिले विद्यालयभन्दा घरमा बनाइएको पढाइ कुनामा बढी पढ्न मन लाग्छ ।”

पढाइ कुनामा रहेका बालबालिकालाई घरमा बुबाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्ने गरेका छन्। यसले नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनाका साथै शैक्षिक सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाइमा निकै सुधार भएको बारबर्दिया नगरपालिका–११ स्थित विजय प्राथमिक विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र थारूले बताए ।

पढाइ कुना र सिकाइ केन्द्र सञ्चालन भएपछि बालबालिकामा पढाइप्रति रुचि बढेको र सिकाइस्तरमा पनि सुधार आएको उनको भनाइ छ । बर्दियामा स्थानीय तहसँगको समन्वयमा प्लान इन्टरनेसनल नेपाल र स्याक नेपालद्वारा बालबालिकाको सिकाइस्तर बढाउन पढाइ कुना अभियान सञ्चालन गरिएको छ ।

सिकाइ परियोजनाअन्तर्गत बर्दियाको बारबर्दिया गाउँपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकामा परियोजना सञ्चालन भएका करिब दुई सय ८७ घरधुरीमा पढाइ कुना निर्माण गरिएको सिकाइ परियोजनाका प्रमुख लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

“विद्यार्थीको सिकाइस्तर कमजोर भएका परिवारमा अभिभावक शिक्षा कार्यक्रममार्फत अभिभावकबाटै आफ्ना बालबालिकाको सिकाइ सुधारका लागि पहिलो पाठशाला घर बनाउन असल अभ्यासको सुरुआत गरेका छौँ”, परियोजना प्रमुख शर्माले भने, “पढाइ कुनाले अहिले बालबालिकाको घरमा पढ्ने बानी बस्नाका साथै दैनिक क्रियाकलाप नै फेरिएको छ ।”

बर्दियाका उक्त पालिकाको समन्वयमा २५ विद्यालयको सेवाभित्रका २५ समुदायमा कक्षा १ देखि ३ सम्मका सिकाइस्तर न्यून भएका, आर्थिक रूपमा विपन्न दलित समुदायका सात हजार बालबालिकाका लागि सिकाइ केन्द्र सञ्चालन गरिएको छ ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले पढाइ कुना र सिकाइ केन्द्रले बालबालिकाको सिकाइस्तरमा सुधार आउनाका साथै अभिभावक पनि बालबालिकाको पढाइप्रति सचेत भएको पाइएको बताए ।

प्लान इन्टरनेसनल नेपाल तथा स्याक नेपाल बाँकेले शैक्षिक गुणस्तर वृद्धिका लागि पूर्व प्राथामिक कक्षालाई नमुना बनाउने, आइसिटी सहयोगमार्फत प्रविधिमैत्री सिकाइ, अभिभावक शिक्षा, भौतिक पूर्वाधार निर्माणका साथै पालिकास्तरको शिक्षा नीति, शिक्षा योजना र स्थानीय पाठ्यक्रम निर्माणमा भूमिका निर्वाह गर्दै आएको स्याकका अध्यक्ष शिवलाल पाण्डेले बताए ।

शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
नारायणगढ-मुग्लिन सडक खुल्यो
हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन
धनगढीमा कोमात्सु आधिकारिक स्पेयर पार्ट्स आउटलेट सञ्चालनमा
पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.