• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

काठमाडौं रेजर्सले जित्यो एनएसएलको पहिलो संस्करण


आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित

काठमाडौं रेजर्स नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेता बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १-० गोलअन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो।

Advertisement

उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता धनगढी एफसीले १५ लाखमै चित्त बुझायो। काठमाडौंले एनएसएलको उपाधि जित्ने क्रममा धनगढीविरुद्ध मिठो बदला पनि लिएको छ। प्रतियोगिताको लिग र प्लेअफमा यसअघि काठमाडौं धनगढीसँग पराजित भएको थियो। तेस्रो भेटमा काठमाडौंले अघिल्लो दुई पराजयको बदला मात्रै लिएन, धनगढीसँग उपाधि नै खोस्यो।

उपाधि जितेपछि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले खुसी व्यक्त गरे। ‘यो उपाधि म हाम्रा खेलाडी, प्रशिक्षण टोली, टिम व्यवस्थापन सबैप्रति समर्पण गर्न चाहन्छु। मैले यसअघि भन्दै आए जस्तै हामीले यो उपाधि काठमाडौंमै राख्न सफल भएका छौँ,’ उनले भने, ‘उपाधि जित्न र धनगढीविरुद्ध यसअघि दुईपटक पराजित हुँदा गरेको गल्तीलाई सुधार गर्ने हाम्रा लागि यो अवसर थियो। हामीले त्यो अवसर सदुपयोग गरेका छौँ।’

फाइनल खेलमा काठमाडौंले सुरुवातबाटै सशक्त प्रदर्शन गर्दा धनगढीले भने आफ्नो स्वाभाविक खेल खेल्न सकेन। विशेषगरी, धनगढीले पहिलो हाफमा निकै कमजोर प्रदर्शन गर्‍यो। खेलको पहिलो हाफमा नियमित आक्रमण गरेको काठमाडौंले २१औँ मिनेटमा अग्रता लियो।

विश्वास श्रेष्ठले दिएको छोटो पासमा डी-बक्स लाइनभित्रबाट क्यामरुनी मिडफिल्डर मेसोके अलोउमोउले धनगढीका दुई रक्षकबीचबाट प्रहार गर्दै काठमाडौंलाई १-० ले अघि बढाएका थिए। उनको प्रहारलाई रोक्ने प्रयास गरेका धनगढीका गोलरक्षक किरणकुमार लिम्बू असफल देखिए।

त्यसपछिको समयमा दुवै टोलीबाट थप गोल नभएपछि मेसोकेको उक्त गोल नै काठमाडौंलाई उपाधि दिलाउन पर्याप्त बन्यो। यद्यपि, खेलको पूरा अवधिभर दुवै टोलीले गोलका केही राम्रा अवसर खेर फालेका थिए। पहिलो हाफको इन्जुरी समयमा काठमाडौंका मेसोकेले नै एउटा अर्को उत्कृष्ट अवसर खेर फालेका थिए। तेज तामाङले दिएको बललाई धनगढीको डी-बक्सभित्र गोलरक्षक किरणसँगको ‘वान भर्सेस वान’को अवस्थामा मेसोकेको प्रहार पोस्टभन्दा धेरै माथिबाट बाहिरियो।

खेलको दोस्रो हाफमा धनगढीले सुधारिएको प्रदर्शन गर्‍यो। यद्यपि, प्राप्त धेरै अवसर सदुपयोग गर्न नसक्दा धनगढी उपाधिबाट चुक्यो। दोस्रो हाफको सुरुवातमै अर्थात् खेलको ४६औँ मिनेटमा निशान लिम्बुले क्रस गरेको बललाई काठमाडौंका गोलरक्षक विकेश कुथुले नियन्त्रणमा लिन नसक्दा बुद्धबल तामाङले खाली पोस्टमा प्रहार गर्ने अवसर पाएका थिए। यद्यपि, उनले प्रहार गरेको बल काठमाडौंका रक्षक फ्लोरेन्ट कोएराको खुट्टामा लागेर फर्कियो। खेलमा धनगढीले बनाएको र गुमाएको त्यही पहिलो अवसर थियो।

त्यसपछि खेलको ५२औँ मिनेटमा पुजन उपरकोटीले धनगढीको अर्को उत्कृष्ट अवसर चुकाए। निशान खड्काले प्रहार गरेको कर्नरमार्फत आएको बललाई उनले सिक्स यार्डबाट कसैको पनि अवरोधविना प्रहार गर्ने अवसर पाएका थिए। तर, बलसँग उनले राम्रो ‘कनेक्ट’ गर्न सकेनन्।

खेलको ५६औँ मिनेटमा धनगढीका अशोक खवासले झन्डै २० यार्ड दूरीबाट प्रहार गरेको बललाई काठमाडौंका गोलरक्षक विकेशले क्रसबारबाट बाहिर फ्याँकेका थिए।

खेलको ६५औँ मिनेटमा काठमाडौंको अर्को उत्कृष्ट अवसर खेर गयो। विश्वास श्रेष्ठले दिएको पासमा स्टेफन बिनोङले धनगढीको डी-बक्सभित्र पुर्‍याएर गोलरक्षक किरणसमेत बिट हुने गरी क्रस गरेका थिए। तर, उनको उक्त क्रसलाई खाली पोस्टमा गोल गर्नका लागि काठमाडौंका कुनै पनि खेलाडी त्यहाँ थिएनन्।

खेलको ७४औँ मिनेटमा मेसोकेले झन्डै ३० यार्ड दूरीबाट प्रहार गरेको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा काठमाडौं अग्रता दोब्बर बनाउने अवसरबाट चुकेको थियो। खेलको ८८औँ मिनेटमा डी-बक्स लाइनबाहिरबाट गरेको सशक्त प्रहार क्रसबारको निकै नजिकबाट बाहिरियो।

उपाधिबाट चुकेपछि धनगढीका नाइजेरियन प्रशिक्षक फुजा टोपेले आफ्ना खेलाडीको प्रदर्शनमा शंका गरे। उनले आफ्नो टोलीले निकै कमजोर प्रदर्शन गरेको स्वीकार गरे। ‘हामीले आज खेलको पहिलो हाफ निकै खराब खेल्यौँ। मेरा खेलाडीले किन त्यसरी खेले भन्ने मलाई पनि थाहा छैन,’ प्रशिक्षक फुजाले भने, ‘दोस्रो हाफमा हामीले सुधारिएको प्रदर्शन गर्‍यौँ। तर, प्राप्त अवसर सदुपयोग गर्न नसक्दा हामी उपाधिबाट चुक्यौँ।’

धनगढीका कप्तान किरणले पनि आफ्ना खेलाडीको प्रदर्शनमा असन्तुष्टि जनाए। ‘पहिलो हाफको खेलमा हाम्रा खेलाडीमा जितको मानसिकता नै देखिएन। फाइनल खेलिरहेका खेलाडीमा जित्नुपर्छ भन्ने व्यवहार नै देखिएन,’ किरणले भने, ‘त्यसका बाबजुद हामीले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्‍यौँ। दोस्रो हाफमा हामीले खेलमा पकड बनाएका थियौँ। तर, प्राप्त अवसर सदुपयोग गर्न सकेनौँ।’

आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.