• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

कोभिड-१९ संक्रमितका लागि भनिएका यी औषधि चिकित्सकको परामर्शबिना सेवन नगर्नूस्


मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित

सन्जोग शिवाकोटी

Advertisement

काठमाडौं- कोभिडको दोस्रो लहर नेपालमा फैलिएसँगै यससम्बन्धी मिथ्या सूचनाहरू सामाजिक सञ्जालमार्फत फेरि फैलिन थालेका छन्।

केही दिनयता विभिन्न औषधिका नाम र तिनका तस्बिर ह्वाट्सएप ग्रुप, म्यासेन्जर र फेसबुक मार्फत सेयर गरिएका छन्। ‘कोभिड ट्याब्लेट’ भन्दै सेयर गरिएको उक्त सूचीमा औषधिहरूको नामका साथै तिनलाई सेवन गर्दा लिने मात्रा पनि उल्लेख गरिएको छ।

सामाजिक सञ्जालमा फैलिएको औषधिको सूची

काठमाडौँको मनमैजुस्थित संयुक्त फार्मेसीका सञ्चालक रमेश लामिछानेका अनुसार त्यस्तो सूची लिएर औषधि खरिद गर्न मानिसहरू उनको पसलमा आउने गरेका छन्। ‘३-४ दिनमा करिब ६-७ जना व्यक्ति एकै किसिमको औषधिको सूची लिएर आए। पहिले त मैले कुनै डाक्टरले नै सिफारिस गरेको औषधि होला भन्ने सोचेँ तर पछि मेरै एक आफन्तले मलाई फोटो पठाई यो औषधि फेसबुकमा देखेको सही हो कि हैन भनेपछि पो थाहा पाएँ,’ लामिछानेले भने। लामिछानेले त्यसपछि त्यस्तो सूची लिएर आउनेलाई औषधि नदिएको साउथ एसिया चेकलाई बताए।

उक्त सूचीमा सात किसिमका औषधिहरू छन्।

यी औषधिमध्ये जिंकोभिट, लिम्सी र सेलकाल भिटामिन र पोषण पुरक औषधिहरू हुन्। डोक्सी र एजिथ्रल एन्टिबायोटिक (औषधि जसले शरीरमा रहेका हानिकारक ब्याक्टेरियाहरूलाई नष्ट गर्छ वा तिनीहरूको विकास सीमित गर्छ) हुन् भने डोलो ज्वरोको र इभरमेक्टिन जुकाको औषधि हो।

भिटामिन र पोषणदायक औषधिहरू कोभिड-१९ का बिरामीका लागि उपयोगी हुनसक्ने भएतापनि त्यसको पुष्टि हुन सकेको छैन। त्यसैले यी औषधि चिकित्सकको सल्लाह र सुझाव अनुसार प्रयोग गर्नु उपयुक्त हुने हार्वर्ड मेडिकल स्कुलले प्रकाशित गरेको एक लेखमा जनाइएको छ। यसैगरी साइन्सन्युजमा प्रकाशित एक लेखमा भिटामिन सी, डी र जिंकको कमी भएका कोभिड संक्रमितलाई मात्र यी दबाइले सहयोग गर्ने उल्लेख गरिएको छ। पुरक औषधि साधारणतया सुरक्षित भएतापनि इन्फेक्सनबाट बच्न चिकित्सकको सल्लाहअनुरूप प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ।

यसैगरी उक्त सूचीमा दुई वटा एन्टिबायोटिक पनि छन्। अमेरिकी स्वास्थ्यसम्बन्धी वेबसाइट हेल्थलाइनका अनुसार एन्टिबायोटिक गलत तरिकाले प्रयोग गरेमा फाइदाभन्दा हानी बढी गर्छ। एन्टिबायोटिकले ब्याक्टेरियालाई उपचारको लागि प्रतिरोधात्मक बनाउन सक्छ भने यसले प्रतिरक्षा कोषिकालाई क्षति पुर्‍याउँछ र हाम्रो शरीरका सेतो रक्त कोषहरूको क्षमतामा ह्रास ल्याउन सक्छ।

यसैगरी अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार जरुरी नभई एन्टिबायोटिक प्रयोग गर्नाले हानी गर्छ। अनियन्त्रित एन्टिबायोटिकले झन् बढी बिरामी बनाउन सक्ने वा अन्य असर गर्न सक्ने सीडीसीले उल्लेख गरेको छ। यसै कारण सीडीसीले चिकित्सकको सल्लाहअनुसार मात्र एन्टिबायोटिक प्रयोग गर्न र अरूलाई सिफारिस गरिएको एन्टिबायोटिक प्रयोग नगर्न सुझाएको छ।

‘यी औषधिहरू डाक्टरको सल्लाह बिना आफै सेवन गर्दा धेरै नराम्रो असर गर्नसक्छ,’ काठमाडौँस्थित शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टर अरूण उप्रेतीले साउथ एसिया चेकलाई बताए। ‘यसरी जथाभावी औषधि सेवन गर्दा ती दबाइ चाहिने बिरामीलाई मार पर्ने र बजारमा सर्टेज हुनसक्छ,’ उनले भने।

डा. उप्रेतीका अनुसार अस्पतालमा चिकित्सकको निगरानीमा कोभिड-१९ संक्रमितलाई यस्ता केही औषधि चलाउनु स्वाभाविक भएतापनि बिनापरामर्श सेवन गर्नु उचित हुँदैन। यस्तै, डा. कल्याण सुवेदीले आफ्नो फेसबुक पेजमा पोस्ट गर्दै डाक्टरले ‘प्रिस्क्राइब’ गरेको बाहेक अन्य औषधि नखान सुझाएका छन्। उनले भनेका छन्, ‘त्यो औषधिको लिस्टको पछि नलाग्नु होला। ज्वरो आउँदा जुनसुकै ज्वरो घटाउने औषधि र खोकी लाग्दा खोकी कम गर्ने औषधि भन्दा अरू केही खानु पर्दैन।’

यसरी चिकित्सकको परामर्श बिना कुनै पनि औषधि लिनु अनुपयुक्त वा हानिकारक हुने भएकाले कोभिड-१९ को औषधि भन्दै सामाजिक सञ्जालमा फैलिएको सूची भ्रामक भएको ठहर हुन्छ।

(यो सामग्री साउथ एसिया चेक डट ओआरजीले तयार पारेको हो)

मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.