• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

चिसो हटेसँगै बढ्दै छन् रसुवामा पर्यटक


आइतबार, चैत १५, २०७७ मा प्रकाशित

धुन्चे (रासस)- अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि रसुवामा घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको छ।

Advertisement

कोभिड-१९ को संक्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको संख्या बढ्न थालेको हो। लाङटाङ तथा तामाङ सम्पदा मार्गमा आउने पर्यटक बढी देखिएका छन्।

हिमाली भेगको हिमपात क्रमशः पग्लिन थालेको र तातोपना बढ्दै गएकाले आन्तरिक पर्यटकको आगमन क्रमशः बढ्न थालेको व्यवसायीले बताएका छन्।

रसुवा घुम्ने पर्यटकको संख्या हिजोआज दैनिक २०-२५ जनाले बढिरहेको छ। उनीहरू गोसाइँकुण्डतर्फ धार्मिक यात्रामा केन्द्रित हुने गरेका छन्।

हिमाली प्रकृतिको अवलोकन गर्ने उपयुक्त समय भएको र कोभिड-१९ को संक्रमण शून्यमा झरिसकेकाले यही चैत १५ गतेदेखि दैनिक २०० भन्दा बढीको आगमन हुने अनुमान गरिएको छ।

पर्यटक बढेसँगै भोजन तथा बासको उचित प्रबन्ध मिलाउन आवश्यक पर्ने खाद्यान्न भण्डार र सुत्नका लागि लजको सुदृृढीकरण भइसकेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिए।

विदेशी पर्यटकका भरमा आत्मनिर्भर बनेको लाङटाङ पर्यटकीय पदमार्गमा पनि फाट्टफुट्ट रूपमा आन्तरिक पर्यटक आउन थालेका कारण केही राहत मिलेको लाङटाङ क्षेत्रका व्यवसायी ढिण्डुप तामाङले बताए।

उता तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङको पार्वतीकुण्ड, बाक्लो मानवबस्ती, स्थानीय परिकार, परम्परागत भेषभूषा, जंगलमा चर्ने हिमाली चौँरीगाईका बथानको अवलोकनजस्ता आकर्षणले पर्यटक रमाउने गरेको पर्यटन व्यवसायका अगुवा फुर्पु दोर्जे तामाङले बताए।

रसुवा क्षेत्रमा आव ०५७-५८ मा स्थापना गरिएको बृद्धिम घरबास पाहुनाका लागि आकर्षण बन्दै गएको छ। पर्यटन प्रवर्द्धनका माध्यमबाट ग्रामीण गरीबी न्यून हुने विश्वासका साथ तत्कालीन घरबास सञ्चालनमा ल्याइएको हो।

हाल यहाँ २७ घरले अतिथिलाई सेवा दिइरहेका छन्। घरबासमा आउने पाहुनालाई बृद्धिम पुग्नासाथ पहिलो स्वागत गरी बासस्थानको घर तोक्ने र स्थानीय खाना खुवाउने व्यवस्थापन गरिएको बृद्धिम घरबास सञ्चालन समितिका अध्यक्ष नुर्पु तामाङले जानकारी दिए।

खानपिन र बसोबासमा कुनै समस्या नपर्ने र हिमाली प्रकृतिको छटा सुन्दर देखिन थालेका कारण रसुवा घुम्नका लागि यहाँका व्यवसायीले पाहुनामाझ आग्रह गरेका छन्।

आइतबार, चैत १५, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.