• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, कार्तिक १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

भन्सार छली ल्याइएका गरगहनासहित चार जना पक्राउ

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

रुसको भोरोनेजमा ड्रोन आक्रमण, दुई जनाको मृत्यु

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

जोर्डनको चर्च आक्रमणमा तीन जना पक्राउ

पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठित काम, धनु- लक्ष्‍य प्राप्ति

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

  • ६. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • ९. झटारो : ह्यान्सम मने कमरेडको रिस !

  • १०. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

थ्री नेसन्स कपको फाइनलमा नेपाल र बंगलादेश


शनिबार, चैत १४, २०७७ मा प्रकाशित

काठमाडौं- नेपाल र बंगलादेशले ‘थ्री नेसन्स कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन्।

शनिबार सम्पन्न लिग चरणका अन्तिम खेलमा बंगलादेशसँग नेपालले गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो।

बंगलादेश भने यसअघि नै फाइनलमा पुगेको थियो। यससँगै किर्गिस्तान भने लिग चरणबाटै बाहिरिएको छ। पहिलो खेलमा बंगलादेशसँग १-० गोलले हारेको किर्गिस्तानले नेपालसँग भने गोलरहित बराबरी खेलेको थियो।

दशरथ रंगशालामा बंगलादेशविरुद्धको भएको खेलमा नेपालले गोल गर्ने राम्रो अवसर पाए पनि गोल गर्न नसक्दा बराबरीमा रोकिएको हो।

खेलको २१ औं मिनटमा त्रिदेव गुरुङको क्रसमा अन्जन बिष्टले गोल गर्ने अवसर पाएका थिए। तर, उनले गरेको हेड पोस्टभन्दा माथिबाट बाहिरिएको थियो।

खेलको २४ औं मिनटमा त्रिदेवले गोल गर्ने अवसर पाए पनि उनको प्रहार गोलपोस्टभन्दा निकै परबाट बाहिरियो। खेलको ४० औं मिनटमा जमल हुयाले प्रहार गरेको फ्रि-किक नेपालको गोलपोस्ट नजिकैबाट बाहिरिएपछि बंगलादेशले अग्रता बनाउने मौका गुमाएको थियो।

५५ औं मिनटमा रवि पासवानको स्थानमा सुनील बल र सन्जोक राईको स्थानमा विशाल राई मैदानमा प्रवेश गरे। खेलको ६५ औं मिनटमा रन्जित धिमालको क्रस पासमा अभिषेक रिजालले गोल गर्ने राम्रो अवसर पाए। तर, उनको हेड पोस्ट नजिकैबाट बाहिरियो।

खेलको ७१ औं मिनटमा अभिषेक रिजालको स्थानमा दर्शन गुरुङ र रञ्जित धिमालको स्थानमा निशान खड्कालाई मैदानमा प्रवेश गराइयो। यससँगै राष्ट्रिय टिमबाट निशानले डेब्यु गरे। खेलको ८७ औं मिनटमा अन्जन बिष्टको स्थानमा एरिक बिष्टलाई मैदानमा प्रवेश गराए पनि नेपालले गोल गर्न सकेन।

फाइनल खेल १६ चैतमा दशरथ रंगशालामा हुनेछ। प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछन्। यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दी म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार दिइने छ।

शनिबार, चैत १४, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपिएलः वेष्ट इण्डिजका फेबियन एलेन सुदूरपश्चिममा अनुबन्धित
एनपिएलः रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध
एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य
मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ
कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ

भर्खरै

  • १.
    क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • २.
    भन्सार छली ल्याइएका गरगहनासहित चार जना पक्राउ

  • ३.
    अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

  • ४.
    रुसको भोरोनेजमा ड्रोन आक्रमण, दुई जनाको मृत्यु

  • ५.
    लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

  • ६.
    नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

  • ७.
    जोर्डनको चर्च आक्रमणमा तीन जना पक्राउ

  • ८.
    पाकिस्तान प्रशासित काश्मीरमा जीप दुर्घटना, सात जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.