• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बाहिरबाट डढेलोको धुवाँ भित्रियो, उपत्यका ढाकियो तुवाँलोले

शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित

काठमाडौं- वरिपरिका जिल्लाका जंगलमा लागेको डढेलोको धुवाँ भित्रिँदा काठमाडौं उपत्यकामा आँखा पोल्ने तुँवालो फैलिएको छ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद राजु प्रधानांगका अनुसार मकवानपुर, चितवन र पर्साका जंगलमा लागेको डढेलोको धुवाँ उपत्यकामा भित्रिएका कारण तुवाँलो फैलिएको हो।

‘तुँवालो त हिजो–अस्ति पनि थियो, आज धुवाँ पनि मिसिएको छ,’ प्रधानांगले भने, ‘मकवानपुर, चितवन र पर्साका जंगलमा डढेलो बढेको जानकारी प्राप्त भएको छ।’

उनका अनुसार काठमाडौं वरिपरिका अन्य जिल्लामा लागेको डढेलोको धुवाँ पनि उपत्यकामा भित्रिएको अनुमान छ। ‘हामी प्रि–मनसुनको सुरुआतमा छौँ, यतिबेला स्थानीय वायु कमजोर हुन्छ,’ प्रधानांगले भने, ‘लामो समयदेखि काठमाडौंमा वर्षा भएको छैन। प्रदूषण बढ्नुमा वर्षात् नहुनु पनि मुख्य कारक हो।’

२७ फागुन र १ चैतमा उपत्यकामा फाट्टफुट्ट मात्र वर्षा भएको थियो। मनसुन समाप्त भएयता उपत्यका मात्र होइन, देशभर नै ठूलो वर्षात् भएको छैन। वर्षात् नभएकै कारण देशभर सुक्खा बढेको छ। त्यसबाट डढेलोको जोखिम बढेको छ।

पूर्वसचिव तथा वरिष्ठ मौसमविद ऋषिराम शर्माका अनुसार उपत्यकाको सतहको प्रदूषण माथि उठेर प्राकृतिक ‘फ्लसिङ’ प्रणालीमा नमिसिएका कारण पनि अहिलेको समस्या देखिएको हो। ‘एक किलोमिटरमाथि युनिभर्सल लेयर विकास भएको हुनुपर्छ, सोही कारण सतहको प्रदूषण माथि जान नपाएको हो,’ शर्माले भने, ‘उपत्यकाको स्थानीय वायु बाहिर जान पाएको छैन। अलि अलि हावा लागे पनि त्यो तल्लो सतहमै सीमित छ।’

उपत्यकाभित्र उत्सर्जित सवारी साधनको धुवाँ बाहिर निस्किन नपाएकाले आँखा पोल्ने समस्या देखिएको उनको भनाइ छ। त्यसमा डढेलो धुवाँ पनि मिसिँदा उपत्यकाको प्रदूषण अझ बढेको शर्माले बताए।

शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.