• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

ठाकुररामका विद्यार्थीले लगाए क्याम्पस प्रमुखको कार्यकक्षमा ताला


    Avatar photo
शुक्रबार, फागुन ०७, २०७७ मा प्रकाशित

वीरगञ्ज-वीरगञ्जको ठाकुरराम क्याम्पस प्रशासनले शिक्षक कर्मचारीको व्यवस्थापन र भवन निर्माणलगायतका काममा अनियमितता गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । नेपाल विद्यार्थी संघ क्याम्पस इकाइले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

Advertisement

बीबीए तहमा अध्ययनरत विद्यार्थी अध्ययन अध्यापन र प्रशासन सुधारको माग राख्दै धर्नामा उत्रिएका छन् । विद्यार्थीहरु पढाई छोडर तालाबन्दी र धर्नामा उत्रिने अवस्था निम्तिनु क्याम्पस प्रशासनको चरम लापरवाहीको परिणाम भएको नेविसंघ क्याम्पस इकाइका अध्यक्ष मनोजकुमार साहले बताए ।

त्रिभुवन विश्वविद्यलायको नियमालीअनुंसार एउटा सिफ्टमा काम गर्ने शिक्षक कर्मचारीलाई सोही समयमा अर्को सिफ्टमा नियुक्ति दिएर दाहोरो सुविधा दिन नमिल्ने भए पनि क्याम्पसले यो नियम लत्याएको आरोप साहले लगाए । क्याम्पसको विज्ञान संकायका एक जना शिक्षकलाई बीबीएतर्फको निमित्त निर्देशक बनाइएपछि विद्यार्थीले विरोध गरेका हुन् ।

बीबीएतर्फको भवन निर्माणमा अनपेक्षित बिलम्ब हुँदा सो संकायको अध्ययन अध्यापनमा समस्या भएको विद्यार्थीको भनाइ छ । भवन निर्माण अविलम्ब पूरा गरी व्यवस्थापन मिलाउन माग गरिएको छ ।

क्याम्पस प्रशासनको उदासीनताका कारण भवन निर्माणमा ठेकेदारले लापरवाही गरेको विद्यार्थीको गुनासो छ । क्याम्पसले प्रदान गर्ने छात्रवृत्ति, पुस्तकालय व्यवस्थापन र सञ्चालन, भवनहरूको मर्मतसंहार र नियुक्तिमा क्याम्पस प्रशासनले मनपरी चलाएको आरोप विद्यार्थी संगठनको छ ।

क्याम्पस प्रशासनलाई यस्ता बेथिति सुधार्न दिइएको अल्टिमेटमको बेवास्ता गरेपछि तालबन्दी र धर्नामा उत्रिनु परेको अध्यक्ष साहले बताए ।

शुक्रबार, फागुन ०७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.