• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार : साढे २ खर्बको आयात हुँदा निर्यात २२ अर्ब


    Avatar photo
शुक्रबार, फागुन ०७, २०७७ मा प्रकाशित

वीरगञ्ज – प्रमुख नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष २०७७/७८ को ७ महीनामा करीब ३ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट चालू आवको माघ महीनासम्ममा २ खर्ब ९८ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको भन्सारले बताएको छ ।

Advertisement

वीरगञ्ज नाकाबाट मुख्य रूपमा सवारीसाधन, इन्धन र औद्योगिक कच्चा पदार्थ आयात हुन्छ । नेपाल आयल निगमले भित्र्याउने इन्धनमध्ये आधाभन्दा बढी परिमाण यही नाकाबाट आउँछ ।

निगमले वीरगञ्ज नाकाबाट डिजेलमात्रै २७ अर्ब रुपैयाँको ल्याएको छ । यो अवधिमा ९ अर्ब ८६ करोडको पेट्रोल र ९ अर्ब २९ करोड रुपैयाँको एपी ग्यास आयात भएको तथ्यांक वीरगञ्ज भन्सारसित छ ।

अघिल्लो आव २०७६र७७ को तुलनामा यो वर्ष पेट्रोल र ग्यासको आयात भने घटेको छ । कोरोना महामारीका कारण आवको शुरूका २ महीना पूर्ण बन्दाबन्दी र स्वदेशमा विद्युत्को खपत पनि बढेकाले इन्धनको आयात घटेको अनुमान वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीको छ ।

आवको शुरूका केही महीना डिजेलको आयात पनि घटेको थियो । पछिल्ला महीनाहरूमा माग बढेपछि आयात पनि बढेको भन्सार अधिकारीहरू बताउँछन् ।

यो नाकाबाट ७ महीनामा ३ अर्ब ८५ करोड रुपैयाँबराबरको जीपकार आयात भएको देखिन्छ । यस वर्ष यस्ता सवारीसाधनको आयात पनि घटेको छ ।

गतवर्षको समीक्षा अवधिमा ५ हजार २१५ ओटा यस्ता साधन भित्रिएकोमा यो वर्ष घटेर ३ हजार ४४९ मा खुम्चिएको छ । सरकारले गाडी आयातमा नीतिगत कडाइ गरेपछि महँगा गाडी आयात नभएको भन्सारले बताएको छ ।

बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगले कच्चा पदार्थ यही नाकाबाट भिœयाउँछन् । यहाँ खुलेका फलाम, सिमेन्ट, औषधि, खाद्यान्न र कपडा उद्योगले कच्चा पदार्थ आयात गर्छन् ।

यो वर्षको ७ महीनामा समग्र आयात अघिल्लो वर्षको सो अवधिको तुलनामा कमी आएको भन्सार अधिकृत सुकमनीले बताए । ‘गतवर्षको तुलनामा आयातको आकार ७ प्रतिशतले घटेको छ । निर्यात भने ९ प्रतिशत बढेको छ,’ उनले भने । चालू आवको ७ महीनामा २ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

यो अवधिमा २२ अर्ब रुपैयाँ बराबरको निर्यात व्यापार भएको भन्सारले बताएको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा आयात २ खर्ब ७७ अर्ब र निकासी व्यापार २० अर्ब रुपैयाँको भएको थियो । यो नाकाबाट चालू आवमा भटमासको प्रशोधित तेल सबैभन्दा बढी निकासी भएको छ ।

अघिल्लो वर्ष पाम आयल निकासी भएकोमा भारतले आयात रोकेपछि यो क्षेत्रमा तेल उद्योगी भटमासको तेलमा केन्द्रित भएका छन् । बारा पर्सा कोरिडोरका १४ ओटा तेल उद्योगले निकासी गर्दै आएका छन् । सात महीनामा वीरगञ्जबाट साढे २२ अर्ब रूपैयाँ बराबरको निर्यात भएकोमा त्योमध्ये भटमासको प्रशोधित तेलमात्रै १३ अर्ब रुपैयाँको छ । यो निर्यात अघिल्लो आवको ७ महीनाको तुलनामा मूल्यका आधारमा २३९ प्रतिशत बढी हो ।

यो नाकाबाट जुसजाम, कपडा, दन्तमञ्जन, जुत्ता, पिना र उनी गलैंचा पनि निर्यात भएको भन्सारको तथ्यांकले देखाउँछ । सूर्यमुखीको प्रशोधित तेल, आयुर्वेदिक औषधि, स्टीलका भाँडालगायत वस्तु पनि निकासी सूचीको प्रमुख स्थानमा परेको अधिकृत सुकमनीले बताए ।

शुक्रबार, फागुन ०७, २०७७ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.