मेष- कुनै कुराको निर्णय गर्दा सचेत रहनुहोला। चुनौतीको सामना गर्नुपर्ला। व्यापार व्यवसायबाट फाइदा हुनेछ।
वृष- आम्दानी बढ्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। प्रयत्न गरे ताकेको काम बन्नेछ।
मिथुन- रोकिएका काम बन्नेछन्। नयाँ काम र जिम्मेवारी आइपर्नेछ। सामान्य लाभ मिल्नेछ।
कर्कट- स्वास्थ्यमा कमजोरी देखिएला। आशा देखाउनेहरूबाटै धोका पाइएला। लेनदेनको विवादमा परिएला।
सिंह- नयाँ कामको अवसर आउनेछ। नयाँ ठाउँमा लगानी गर्ने समय छ। पशुचौपायाबाट लाभ मिल्नेछ। अरूको भर नपर्दा राम्रो।
कन्या- पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। खर्च बढ्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ।
तुला- व्यावसायिक काममा खर्च बढ्नेछ। सोचेको काम नबन्दा मन खिन्न होला। आजको दिन मध्यमखाले छ।
वृश्चिक- पढाइमा प्रगति हुनेछ। काममा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट सामान्य फाइदा हुनेछ।
धनु- विभिन्न अवसर पाइनेछ। सोचेको काम भने समयमा पूरा हुन मुश्किल पर्नेछ। नसोचेको ठाउँबाट फाइदा मिल्नेछ।
मकर- छरछिमेकमा असमझदारी बढ्नेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। धन लाभ हुनेछ।
कुम्भ- वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ। टाढाको यात्राको सम्भावना छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।
मीन- पढाइमा प्रगति हुनेछ। सामाजिक कामको दायित्व बढ्नेछ। घरेलु समस्यामा अल्झनुपर्ने समय छ।