मेष– खर्च बढ्नेछ । सहयोगीहरूको साथ मिल्नेछ । व्यवसायमा फाइदा हुनेछ ।
वृष– आज विवादमा पर्न सक्छ । बोलीको विपरित अर्थ लाग्न सक्छ, सचेत रहनुहोला । सामाजिक प्रतिष्ठा मिल्नेछ ।
मिथुन– आँटे ताकेको काम बिस्तारै बन्नेछन् । यात्राको योग छ । आजको दिन मध्यम खालको छ ।
कर्कट– काममा उत्साह थपिनेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । आम्दानी बढ्नेछ ।
सिंह– प्रयत्न गरे सफल हुनेछ । दिगो फाइदा हुने काममा हात हाल्ने समय छ । सुख दुःखमा साथ दिनेहरू भेटिनेछन् ।
कन्या– हतारमा निर्णय नलिदा राम्रो । आँखा सम्बन्धी समस्याले सताउन सक्छ । अनाआवश्यक काममा समय खर्चनुपर्ला ।
तुला– रोकिएका काम बन्नेछ । आँटेका काम पुरा हुनेछन् । उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ ।
वृश्चिक– सहयोगीहरूले साथ र हौसला दिनेछन् । लाभदायक समय देखिन्छ । व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ ।
धनु– विभिन्न अवसर हात लाग्न सक्छ । चोटपटकको भय छ, सचेत रहनुहोला । यात्राको योग छ ।
मकर– घरायसी समस्याले सताउने छ । खर्च बढ्नेछ । आर्थिक अभावले सताउनेछ ।
कुम्भ– आश्वासन दिनेहरूको भर नपर्दा राम्रो । भौतिक साधनको क्षति हुनेछ । काममा केही चुनौती देखा पर्नेछन् ।
मीन– दिगो आम्दानी हुने काम सुरु हुनेछ । यात्राको योग छ । लगनशीलताले काममा उत्साह जगाउँनेछ ।