सुनसरी– बराहक्षेत्र नगरपालिका–२ रेल्वे लाइनमा एक युवकमाथि छुरी प्रहार भएको छ।
Advertisement
स्थानीय उपेन्द्र पाण्डे छुरी प्रहारबाट सख्त घाइते भएका छन्। उनको छाती र पेटमा चोट लागेको छ।
उनलाई चतरा अस्पतालमा सामान्य उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी चक्रघट्टीले जनाएको छ।
छुरी प्रहार गर्ने बराहक्षेत्र–२ पुनर्वासका निमा तामाङ र आयुस राईलाई छुरीसहित इलाका प्रहरी कार्यालय चतराले पक्राउ गरी इलाका प्रहरी चक्रघट्टीलाई बुझाएको छ।
घटनामा संलग्न अन्य २ जना फरार रहेको र उनीहरूको खोजी भइरहेको इप्रका चक्रघट्टीका निरीक्षक राजेश दत्तले जानकारी दिए। उनका अनुसार आरोपित व्यक्तिहरूले सधैं दुर्व्यवहार गर्ने गरेको कारण आवेगमा आई छुरी प्रहार गरेको खुल्न आएको छ। उनीहरूमाथि अनुसन्धान अगाडि बढाइएको छ।