सुनसरी- भोजपुरको हतुवागडी गाउँपालिका-३ सिन्द्राङमा जन्मेर सुनसरी बराहक्षेत्र-३ इक्राही बस्दै आएका ४६ वर्षीय धनराज राई पेटको क्यान्सरबाट पीडित छन्। उनको उपचारमा आर्थिक समस्या भएपछि सहयोगका लागि याचना गरेका छन्।
उनकी श्रीमती मञ्जुका अनुसार उनी करिब ६ वर्षदेखि पेटको क्यान्सरबाट पीडित छन्। काठमाडौंको क्यान्सर सेन्टर र वीर अस्पतालमा उपचार गर्दा गर्दै हालसम्म १६ लाख रुपैयाँ खर्च भइसकेको छ। उनीहरू बसिरहेको घरजग्गा पनि ऐलानी हो। र, बैंकमा धितो राखेर ऋण निकाल्न पाउँदैनन्। उनीहरू आर्थिक रूपमा विपन्न र सुकुम्बासी परिवार हुन्।
थप उपचार गर्न ६–७ लाख रुपैयाँसम्म लाग्ने हुँदा घरको आर्थिक अवस्था दयनीय र जर्जर भएकाले उपचार गर्न नसकी पीडित राई घरमै छन्। कमाउने श्रीमान नै क्यान्सर पीडित भई थला परेपछि उनकी श्रीमती मञ्जु तनावमा छिन्।
१६ वर्षका छोरा दिपसन र १४ वर्षकी छोरी दिपिकाको शिक्षादीक्षासहित क्यान्सर पीडित श्रीमानलाई महँगो किमो उपचार तथा घर धान्न उनलाई समस्या परिरहेको छ।
बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरूले उनलाई तत्काल किमो दिनुपर्ने बताएका छन्। तर, रकम अभावका कारण श्रीमानलाई अस्पताल लान र थप उपचार गर्न नसकेको मञ्जुले बताइन्।
उनी भोजपुर सुनसरी सेवा समाजका आजीवन सदस्य, वान्तवा खिमका जिल्ला सदस्य, किरात राई यायोक्खा बराहक्षेत्र नगर सदस्य पनि हुन्।
बराहक्षेत्र नगरपालिका मेयर रमेश कार्कीले पनि व्यक्तिगत रूपमा, नगरबाट आर्थिक सहयोग गर्ने तथा देश–विदेशमा रहेका मनकारी, दयालु व्यक्तिहरूबाट धनराजको जीवन रक्षा र उपचारमा सहयोग गर्ने आशा व्यक्त गरे। आफ्नो गच्छेअनुसार सके जति आर्थिक सहयोग गरिदिन मेयर कार्कीले आग्रह गरे।
आर्थिक सहयोग गर्न चाहनेहरूका लागि सम्पर्क नम्बर
धनराज राई (क्यान्सर पीडित)
९८००९५९०२४
९७४९९१४४९३
९८२४३३६४२४
बैंक खाता नम्बर
प्राइम बैंक
०४५००६९१ पीएस