• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बराहक्षेत्रको महेन्द्र माविले आफूनिकट गैरपत्रकारलाई सम्मान गरेपछि


बिहिबार, माघ १९, २०७९ मा प्रकाशित

सुनसरी- बराहक्षेत्र ७ तित्रीगाछीस्थित महेन्द्र माविले आफ्नो ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) मनाइरहेको छ।

Advertisement

सोही क्रममा गत बुधबार नगरभरिका साहित्य श्रष्टा तथा पत्रकारलाई सम्मान गर्‍यो। तर, यतिबेला सम्मानित हुने पत्रकारलाई के आधारमा सम्मानित गरिएको हो भन्नेबारे प्रश्न उब्जिएको छ।

सामाजिक सञ्जाल र बौद्धिक व्यक्तित्व र तप्काहरूमा विवाद र चर्चाको विषय बनेको छ।

विद्यालयले हिरण्य कार्की, सन्तोष गुप्ता, प्रदीप चौधरी, लक्ष्मण कटुवाल, राजन घिमिरे, रमेश हतुवालीलाई सम्मान गरेको थियो। तर, यी व्यक्तिहरू धेरैजसो (केहीबाहेक) श्रमजीवी पत्रकार होइनन्। त्यसमध्ये कोही स्कुलमा पढाउँछन् भने कोही व्यवसाय गर्छन र फुर्सदको समयमा समाचार लेख्ने गर्छन्।

तर पनि, महेन्द्र माविले यिनै व्यक्तिहरूलाई सम्मान गरेपछि विद्यालयको नियतमाथि प्रश्न उठ्नु स्वाभाविकै हो।

सम्मानित हुनेमध्ये ४ जना एमालेनिकट प्रेस चौतारीमा आबद्ध छन् भने एकजना कांग्रेसनिकट प्रेस युनियनमा र एकजना स्वतन्त्र छन्। विद्यालयले गरेको सम्मानप्रति जनमानसमा प्रश्न उठेको हो।

यसबारे विद्यालय व्यवस्थापन समिति अध्यक्ष पर्शुराम आचार्यले आफूहरूबाट गल्ती भएको स्वीकारे। पत्रकार सम्मानित गर्ने क्रममा वास्तविक पत्रकार सम्मानित नभएको स्वीकार्दै उनले आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता पनि जनाए।

विद्यालयका प्रधानाध्यापक फिरोज घिमिरेलाई प्रश्न गर्दा भने गैरजिम्मेवारपूर्ण जवाफ दिए। उनले भने, ‘हामीलाई को पत्रकार हो, को होइन भनेर कसरी थाहा हुन्छ त ? हामीले पत्रकार भनेर देखेको र चिनेको आधारमा सम्मानित गरेका हौं।’

स्रोतका अनुसार विद्यालयका शिक्षक एवं फुर्सदको समयमा कलम चलाउने सुदन गुरागाईंको सिफारिसको आधारमा उल्लेखित पत्रकारहरूलाई सम्मानित गरिएको हो।

बराहक्षेत्रमा रहेका पत्रकारहरूको छाता (साझा) संगठन ग्रामीण पत्रकार समूह छ। यस्तै, नेपाल पत्रकार महासंघका एकजना केन्द्रीय सदस्य र २ जना जिल्ला सदस्य बराहक्षेत्रमै छन्। तर, उनीहरूसँग समन्वय, सहकार्य नगरी शिक्षक गुरागाईंको सिफारिसमा राजनीतिक दल निकट पत्रकारहरूलाई विद्यालय व्यवस्थापन समितिले सम्मानित गरेको छ।

ग्रामीण पत्रकार समूहका निवर्तमान अध्यक्ष हिरण्य कार्कीले भने, ‘बराहक्षेत्रमा कर्मथलो बनाई पुराना, अनुभवी, क्षमतावान, योग्य, वास्तविक,श्रमजीवी पत्रकारलाई सम्मानित गरिएको छैन।’

वास्तविक पत्रकारलाई सम्मानित गर्नमा विद्यालय चुकेको वा त्यतातिर नजर पु¥याउन नसकेको उनले बताए। ‘विद्यालयले अग्रज र बराहक्षेत्रको पत्रकारिताको हक र हितको लागि निष्पक्ष र सामाजिक उत्तरदायित्व गर्दै स्वच्छ तरिकाले कलम चलाउने र दिनदुःखी, असहायहरूको बारेमा सधैं आवाज बुलन्द गर्ने पत्रकारलाई कामको मूल्यांकनको आधारमा सम्मान गर्नुपर्थ्यो। त्यसका लागि ग्रामीण पत्रकार समूह र पत्रकार महासंघसँग समन्वय गर्नुपर्थ्यो। तर, व्यवस्थापन समितिले त्यसो गरेन,’ उनले भने।

नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य सुबिन विश्वकर्मा भन्छन्, ‘आफूचाहिँ अहिले सामाजिक सञ्जालमा नभएकाले केही कुरा पनि थाहा पाएको छैन। यो विषय पनि साथीसँगीले भनेपछि मात्र थाहा पाएँ। तर, सामाजिक संस्थाले गैरपत्रकारलाई सम्मान गरेको हो भने त्यो गलत परिपाटी हो।’

यसले गर्दा समाजले पत्रकारितालाई हेर्ने नजर गिर्ने, दृष्टिकोण फरक हुने र पत्रकारितामा शुद्धता नआउने उनको भनाइ छ।

निमेष किराँती भन्छन्, ‘बराहक्षेत्रमा १–२ जना स्वतन्त्र, निष्पक्ष पत्रकारिता गर्नेबाहेक पार्टी कार्यकर्ता। पीत पत्रकारिता गर्ने जमात ठूलो छ। कुनै पनि सामाजिक संघसंस्थाले कामको मूल्यांकन नगरी हचुवाको भरमा आफूखुशी निकटका व्यक्तिलाई सम्मानित गर्दै जाने हो भने पत्रकारिता कसरी शुद्ध हुन्छ ?’

बिहिबार, माघ १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.