मेष- नयाँ कामको प्रस्ताव आउन सक्छ। स्वादिष्ट भोजन मिल्न सक्छ। दीर्घकालीन योजना अगाडि बढाउनु होला। अपेक्षाभन्दा बढी लाभ हासिल हुने योग छ।
वृष- सोचेका काम सफलतापूर्वक सम्पन्न होलान्। तर, आफ्नो लाभका निम्ति उपयोग गर्न खोज्नेहरूबाट टाढा रहनु होला। आफन्तजन टाढिन सक्छन्।
मिथुन- अनपेक्षित धनलाभ रहला। बाध्यतामा जकडिँदा आफ्ना कामहरू नबन्न सक्छन्। आफ्ना योजनाहरूमा गोपनीयता अपनाउनु होला। विवादमा पर्ने समय भएकाले बोल्दा विचार पुर्याउनु होला।
कर्कट- आकस्मिक धनलाभको योग छ। टाढाको यात्रामा निस्किने समय छ। दिन रोमाञ्चक रहला। अरूको मन जित्दै आम्दानी गर्ने अवसर प्राप्त होला।
सिंह- खानपानमा सावधानी अपनाउनु होला। पारिवारिक भेटघाट रहला। विशिष्ट व्यक्तित्वसँग भेटघाट होला। टाढिएका साथीभाइले फेरि साथ देलान्।
कन्या- योजनाहरू पूरा हुनाले प्रफुल्लता हासिल होला। समाजमा नेतृत्व गर्ने अवसर आउला। तथापि, बुद्धिको उपयोगमा ध्यान दिनु होला।
तुला- पारिवारिक जमघटको समय छ। तर त्यसबाट काममा नोक्सानी हुन सक्छ। प्रयास गर्दा सानो लाभ मिल्न सक्छ। साथीभाइको सहयोग मिल्ला।
वृश्चिक- अवसर अझै टाढा छ। दौडधुपमै दिन बित्ला। धन आर्जन भने हुन सक्छ। उद्योग, व्यापार लाभदायक रहलान्।
धनु- व्यापारमा फाइदा र मिहिनेतले लाभ प्राप्त गर्न सकिने छ। धोकेबाजहरूबाट सावधान ! अल्छीका कारण काम बिग्रिन सक्छ।
मकर- साझेदारी व्यवसायमा लाभ हासिल हुने योग छ। दीर्घकालीन योजना अगाडि बढ्न सक्छन्। तथापि, अपेक्षाकृत लाभ हासिल नहुँदा मन खिन्न रहला।
कुम्भ- आत्मविश्वास बढ्ने, रोकिएका बन्ने र नयाँ काम हात पर्ने योग छ। अवसरहरूले पछ्याइरहेका छन्, चिन्ने प्रयास गर्नु होला। तर, विवादमा पर्ने योग रहेकाले बोल्दा सावधानी अपनाउनु होला।
मीन- आफ्नै लाभ मात्र हेर्न खोज्दा साथीभाइ रिसाउलान्। कृषि र व्यावसायिक उद्यमले लाभ देलान्। मिहिनेती स्वभावका कारण सबै खुशी होलान्।