काठमाडौं । धनुषाका २ जनाको भारतमा लगेर हत्या गरिएको छ ।
Advertisement
१३ दिनदेखि सम्पर्कविहीन रहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको प्रहरीले जनाएको छ।
पुस २७ गते भारत गएका उनीहरु भारत सितामढी जिल्ला बेला परिहारमा रहेका आफन्तको घरमा गएका थिए।
तर उनीहरू आफन्तको घरमा नपुगेपछि खोजी गरिएको थियो।
५० लाख फिरौती रकम माग गर्दै परिवारलाई भारतीय नम्बरबाट फोन आएपछि उनीहरू अपहरणमा परेको आशंका गरिएको हो।
गए राति करिब २ बजे उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले धनुषाबाट २ जनालाई पक्राउ गरेको छ। भारतीय प्रहरीले पनि ३ जनालाई पक्राउ गरेको छ।